कविता

लोकराज न्यौपानेको कबितामा खुल्यो कोरोनाको परीचय ।

‘ म हूँ कोरोना ‘

ए मनुष्य !
तिमीलाई थाहा छ ?
तिमी को हौ ?

कसरी तिमी यो अवस्थामा छौ ?
तिमीले अलिकति पनि हेक्का राखेनौ है ?

यस प्राणी जगत्कै सर्वश्रेष्ठ बनाएर
के मैले गल्ती गरेकै हुँ त ?

तिम्रो त्यो विशाल मस्तिष्क केका लागि बनाइएको हो ?
तिमीले केवल तिम्रो लागि ,
हरेक क्षण
तिम्रो ,
त्यो मस्तिष्कलाई
कति खियाउँछौ
सबै सबै थाहा छ ।
हेर त,
तिम्रो मातहतमा रहेका
प्राणीहरुको बिचल्ली !

तिम्रो कारण
कैयौँ जीवजन्तुहरु
यस जगत् बाटै
बिलिन भैसके ,
कति भैरहेका छन्

कति हुने वाला छन् ।

हे मानव !
के तिमीले सोच्न मात्र सक्छौ ?
जीवजन्तु बिनाको तिम्रो अस्थित्व ?

पक्कै सम्भव नै छैन ।
तरपनि
किन ?

आँखाले देख्न सक्ने
सबै सबैलाई तिमीले
आहारा बनाइरहेका छौ ?
यदि तिमीलाई नै आहारा बनाउने वाला
यस धर्तीमा केही आइदियो भने ?
त्यो अवस्था कस्तो हुनेछ ?
ठ्याक्कै यही कुरा
तिम्रो मस्तिष्कमा घुसाउनका निम्ति
म आएँको हूँ ।

जब तिमीले यो सब कुराहरु महसुस गर्नेछौ नि !
त्यसपछि म आफैँ यस जगत् बाट
बिलिन हुनेछु ।

वास्तबमा,
यस ब्रह्माण्ड भरिका हरेक सृजना
सृजित गर्ने,
तिनको रेखदेख ,
पालनपोषण गर्ने ,

आवस्यक डण्ड सजाय दिने
म हूँ प्रकृति ।
अझ नबुझे
म हूँ कोरोना ।

लोकराज न्यौपाने
हाल :~ दक्षिण कोरिया

Author Since: Dec 06, 2019

Related Post