कोरिया खबर

ईपिएस मार्फत कोरिया आएका एक नेपालीले गरे झुन्डिएर आत्महत्या !

सोल,रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका एक नेपालीले आत्मह’त्या गरेका छन् ।ख्याङ्गीदोको गिम्पो सि मा काम गर्ने ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो आत्मह’त्या गरेका हुन् ।नेपालको स्थायी घर पोखरा भएका उनी सिएनसी कम्पनीमा कार्यरत थिए । लामो समय देखि डिप्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् ।

शनिबार दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए ।कम्पनीको सिसिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ । त्यसपछि सिसिटिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आत्मह’त्या गरेका छन् ।पहिलो कार्यकाल सकेर सिबिटि पास गरेर पुन कोरिया आएका थिय भने

दोस्रो कार्यकालको लागी उनले सिबिटी र पिबिटी दुवै पास गरेका थिए । घरमा एक छोरा र एक छोरी रहेको र उनि दोस्रो कार्यकालको लागी कोरिया आउँदा छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट हिडेका थिए ।
उनले सुसाइट नोटमा छोरालाई कोरियादेखि साईकल ल्याईदिन नसकेको र भर्खरै तोते बोली बोल्ने छोरीको बाबा शब्दले अनि बचाउन नसकेको लेखेका छन् । सुसा’ईड नोटमा कम्पनीका सम्पूर्ण साथी, कोरियन साहु लगायत सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

Author Since: Dec 06, 2019

Related Post