बाढी पिडितको घरघरमा पुग्दै जापानी प्रधानमन्त्री
- by siddhartha@post
- 3 years ago
- 0 comments

टोकियो ।
जापानी प्रधानमन्त्री सिञ्जो आबे सोमबार वर्षा प्रभावित दक्षिणपश्चिम प्रिफेक्चर कुमामोतोको भ्रमणमा जाने भएका छन् । यो प्रिफेक्चर एक हप्ता अघि परेको मुसलधारे वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको थियो ।
यस क्षेत्र र अन्यत्र रहेको सय भन्दा धेरै नदीमा बाढी आएपछि उद्धार कार्य जारी छ । उनले वर्षा र सँगै आएको बाढीले पारेको विनाशको निरीक्षण गर्नेछन । यसमा उनले कुमामोतोका गभर्नर इकुओ काबाशिमासँग भेटघाट पनि गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उनले सेन्चजुएनको नर्सिङ होमको पनि भ्रमण गर्ने प्रधानमन्त्री कार्यालयले आइतबार बताएको छ । कुमा नदीमा आएको बाढी पस्दा सो नर्सिङमा १४ जनाको मृत्यु भएको थियो ।
सो क्षेत्रमा वर्षाका कारण सयौं स्थानमा भू-स्खलन भएको छ भने कुमामोतोमा ६२ जनाको मृत्यु भएको छ । छिमेकी प्रिफेक्चरहरुमा थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म १२ जना हराइरहेका छन् । यस क्षेत्रमा अहिले पनि १२ जना बेपत्ता छन् ।
सोमबार पश्चिम जापानमा पुनः भारी वर्षा हुन सक्ने भएकोले यहाँ थप भूस्खलन हुने र बाढी आउने सक्ने चेतावनी मौसम विभागले दिएको छ । आइतबारसम्ममा १२ प्रिफेक्चरका १०२ नदीमा बाढी कायम रहेका र यसका कारण २७ प्रिफेक्चरमा पहिरो जाँदा क्षति पुगको ३०२ घटना दर्ता भएको भू मन्त्रालयले बताएको छ ।
कभरः फाइल तस्विर/क्योदो