दक्षिण कोरियाको राजधानी सउल विश्वको महङ्गो शहरको सातौँ नम्बरमा
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने /शोल ,
दक्षिण कोरियाको राजधानी शउल बस्नको लागी विश्वका सबैभन्दा महङ्गा सहरको सुचिमा सातौँ नम्बरमा आफ्नो नाम दर्ज गरेको छ ।सपिङ्गको लागी भने विश्वकै सबैभन्दा महङ्गो सहर बनेको छ ।
ईकोनोमिस्ट ईन्टेलीजेन्स युनिट (EIU) ले जिबनयापन खर्चको आधारमा विश्वका १३३ शहरका १५० भन्दा बढी सामानहरुलाइ पर्ने मुल्यको आधारमा गरिएको सर्वेक्षण न्यूयोर्क सुचकाङ्क १०० पुर्णाङ्क तय गरि गरिएको सर्वेक्षण मा १०० अङ्क भन्दा बढी प्राप्त गर्ने शहरहरुलाई सबैभन्दा महङ्गो शहरको सुची तयार गरी सार्बजनिक गरिएको थियो ।
ईआईयू ले तयार पारेको रिपोर्ट अनुसार विश्वकै सिङ्गापुर , फ्रान्सको पेरिस र हंकङ्ग सबैभन्दा बढी अङ्क १०७ नम्वर प्राप्त गरी विश्वकै सबैभन्दा महङ्गो शहरमा नाम लेखाएका छन । त्यसैगरी १०६ नम्वर प्राप्त गर्दै स्विजरल्यान्ड को जुरिच विश्वको चौँथो महङ्गो शहर भएको छ ।स्वीजरल्यान्डकै जेनेभा र जापानको ओशाका १०१ नम्वरसंगै विश्वको पाचौँ महङ्गो शहर भएका छन ।साथै १०० नम्बर प्राप्त गर्दै तिन शहरहरु कोरियाको सियोल,डेनमार्कको कोपनहेगन र अमेरिकाको न्युयोर्क विस्वको सातौँ महङ्गा सहर भएका छन ।
जापानको टोकियो भने न्यूयोर्क र शउलभन्दा करिब ४ प्रतिशत सस्तो शहर भएको छ ।चिनको साङ्घाई सहर चिनको सबैभन्दा महङ्गो र बिश्व सुचकाङ्क मा ८५ नम्बर संगै २५ अौँ महङ्गो शहर भएको छ ।
ईआईयू ले गरेको पत्रकार सम्मेलनमा जनाए अनुसार शउल शपिङ्गको लागी भने विश्वकै सबैभन्दा महङ्गो शहर भएको छ ।