कोरिया खबर

दक्षिण कोरियामा पहिलोपटक कोरोना विरुद्दको भ्याक्सिन मानिसमा परिक्षण गरिदै !

सोल

दक्षिण कोरियाले शुक्रवार स्थानिय सेल्ट्रियन नामक कम्पनिको कोरोना संक्रमणसँग जुध्न तयार गरिएको खोपलाई मानिसमा परिक्षण गर्न अनुमति दिएको छ ।

यो दक्षिण कोरियाकै पहिलो एण्टीबडी औषधि हो जुन मानवमा परिक्षण गरिदै छ । विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना महामारीले ५ लाख ८० हजार मानिसको ज्यान लिइसकेको छ भने १ करोड ४० लाख मान्छे प्रभावित बनेका छन् ।

यस महामारीलाई नियन्त्रण गर्न विश्वभरका बैज्ञानिकहरु औषधि तथा खोप निर्माणमा जुटिरहेका छन् । दक्षिण कोरियामा खोप निर्माण गर्दै आएको सेल्ट्रियन कम्पनिका अनुसार यसले भाइरसको सतहलाई कमजोर बताइ मानिसमा भएका कोशहरुमा प्रवेश गर्न दिदैन ।

जनावरमा परिक्षण गरिसकिएको उक्त औषधि अस्पतालको सहयोगमा ३२ जना स्वस्थ मानि रुमा प्रयोग गरिने छ । सन् २०२० भित्रै सम्पुर्ण परिक्षण समाप्त गरि उक्त औषधिलाई सन् २०२१ को सुरुवातीबाट नै बजारमा पठाउने तयारी भइरहेको कम्पनिले जनाएको छ ।

समाचार संस्था रोयटर्स सँग कुरा गर्दै कम्पनिका सिईओ कि वु सुङले व्यापक मानव परिक्षण पश्चात उक्त औषधि कोरियामा – विक्री गरिने तथा कोरियाको बजार ब्यवस्थापन छ ।

उनले औषधिको मुल्य सर्वसाधारण जनताले किन्न सक्ने बनाउन पर्नेमा समेत जोड दिएका छन् । विकसित मुलुकमा रेमिडिसिभिर नामक औषधि २३४० अमेरिकी डलरमा विक्रि भएको जनाउदै उक्त मुल्य सर्वसाधारण जनताको पहुँच बाहिर भएका कारण सहज मुल्य राख्नु पर्नेमा समेत जोड दिएका छन् ।हटापाटी

Author Since: Dec 06, 2019

Related Post