कोरिया खबर

दक्षिण कोरियाको आर्थिक वृद्दिदर पछिल्लो बिस वर्ष यताकै सबैभन्दा कम !

सियोल

पछिल्लो ३ महिनाको अबधिमा दक्षिण कोरियाको आर्थिक बृद्वी नाटकीय रुपले गिरावट आएको छ l

बैंक अफ कोरियाले बिहिबार प्रकाशित गरेको एक तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको गिरावट संगै आर्थीक बृद्वीमा कमि आएको हो l

पछिल्लो ३ महिनामा आर्थिक बृद्वी ३.३ प्रतिशतले गिरावट आएको छ l यो गिरावट दोस्रो त्रैमासिक को तुलनामा १.३ प्रतिशतले बढी हो l

विश्वव्यापी रुपामा फैलिएको कोरोना भाइरसका कारण अप्रिल देखि जुन सम्म ३ महिनाको कुल गार्हस्थ्य उत्पादन २.९ प्रतिशतले कमि आएको छ l

केन्द्रीय बैंकका अनुसार हालको आर्थिक बृद्वी दर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो l उक्त समयमा कोरिया लागाएत एसियाब्यापी रुपामा आर्थिक मन्दी छाएको थियो l

दक्षिण कोरियाको ठुलो अर्थतन्त्र निर्यातमा भर पर्ने गरेको छ l तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान बिसेष गरि यातायातका साधन तथा स्मार्ट फोनहरुको निर्यातमा १३ .६ प्रतिशतले गिरावट आएको छ l

निर्यातमा आएको भरि गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो l

Author Since: Dec 06, 2019

Related Post