
काठमान्डौँ
बाजी राखेर लुडो खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले शनिबार काठमाडौं महानगरपालिका– १४ सुनारगाउँबाट बाजी राखेर लुडो खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो।
‘बाजी राखेर लुडो खेलिरहेको खबर आएपछि हामीले पक्राउ गरेका छौं,’ महानगरीय प्रहरी वृत्त, कालिमाटीका डिएसपी रूगमबहादुर कुँवरले भने।
उनका अनुसार उनीहरूले कम्तीमा पनि २५–३० हजार रुपैयाँका बाजी राखेर खेल्ने गरेका थिए। प्रहरीले घरबेटीलाई समेत पक्राउ गरेको छ।
लकडाउन सुरू भएदेखि समय बिताउन मानिसहरूले लुडो खेल्न थालेका थिए। तर त्यसैमा बाजी राखेर खेल्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
सेतोपाटीबाट