कोरिया खबर

कोरियाले शुरु गर्यो कोरोना विरुद्द खोपको परिक्षण !

सोल

दक्षिण कोरियाली औषधी उत्पादक कम्पनि सेल्ट्रियनले विश्वव्यापि महामारी कोरोना संक्रमण विरुद्धको एण्टीबडी औषधीको क्लिनिकल परिक्षण मान्छेमा सुरु गरेको छ ।

गत २४ जुलाईबाट कम्पनिले उक्त परिक्षण सुरु गरिएको जनाएको छ । कम्पनिले मानवमा क्लिनिकल परिक्षण गरिनु अघि गरिने सम्पुर्ण पुर्व परिक्षण गरिसकिएको तथा दक्षिण कोरियाली खाद्य तथा औषधी सुरक्षा मन्त्रालयबाट अनुमति पाए पश्चात उक्त परिक्षण सुरु गरिएको कम्पनिले जनाएको छ ।

छुङनाम नेशनल युनिभर्सिटी हस्पिटलसँगको सहकार्यमा कम्पनिले उक्त परीक्षण गर्न लागेको हो । ३२ जना कोरोना विरामीहरुमा गरिने उक्त परिक्षणको नतिजा यसै बर्षको तेश्रो चौमासिक सम्ममा हात पर्ने कम्पनिले जनाएको छ ।

कम्पनिले दोश्रो तथा तेश्रो चरणका क्लिनिकल परिक्षण युरोपमा गर्ने र त्यसको नतिजा पनि यसै बर्ष हात पर्ने बताएको छ ।

यदि उक्त कम्पनिका तिनै चरणका परिक्षणहरु सकारात्मक भएमा आगामी बर्षको सुरुवातबाट नै विश्वव्यापि रुपमा औषधिको परिक्षण गरेर चाँडो भन्दा चाँडो नतिजा तर्फ पुग्ने कम्पनिका सहायक प्रेसिडेन्ट डा . ली साङ जुनले बताएका छन् ।

Author Since: Dec 06, 2019

Related Post