कोरिया खबर

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएका मध्ये १०० बढी लुकिछिपि स्वदेश फर्के

सोल

सुचना अनुसार हाल सम्म करिव ३० हजारको हाराहारीमा त्यस्ता व्यक्तिहरु उत्तर कोरियाली सीमा पार गरि दक्षिण तर्फ आएका छन् ।

सुखी जीवन जिउने तथा प्रजातान्त्रिक मुलुकमा बस्ने सपना सहित दक्षिण कोरिया आएका कतिपयहरु भने पुन : आफ्नो देश फर्कन खोजिरहेछन् ।

भागेर आएका मध्ये कतिपय भने आफ्नो नयाँ जिवनसँग खुसी नभएका कारण स्वदेश फर्कन चाहान्छन् । यसको पछिल्लो उदाहरण हालै यौटा काँडे तार मुनि रहेको ढलबाट भागेर उत्तर कोरिया पुगेका २४ वर्षिय पुरुष हुन् ।

दक्षिण कोरियाली एकिकरण मन्त्रालयका अनुसार सन् २०१५ यता ११ जना उत्तर कोरियाली नागरिकहरु भागेर स्वदेश फर्किएका छन् । यो तथ्याङ्क दक्षिण कोरियाली सञ्चार माध्यमको आधारमा तयार गरिएको हो ।

मन्त्रालयका अनुसार १०० बढी उत्तर कोरियालीहरु पुन स्वदेश फर्किएका छन् । दक्षिण कोरियाली समाज र संस्कृतिसँग घुलमिल हुन नसक्नु , दक्षिण कोरियाली नागरिकहरुबाट विभेद गरिनु , काम गर्ने पद्दति फरक हुनु लगायतका कारण उनीहरु दक्षिण कोरियामा बस्न असहज महसुस गर्दछन् ।

समाचार अनुसार त्यसरि पुन : भागेर उत्तर पुग्नेहरुलाई उत्तर कोरियाली सरकारले पहिला प्रोपोगाण्डा बनाउन प्रयोग गर्ने तथा पछि कानुनी कारवाही गर्ने गरिएको छ ।

Author Since: Dec 06, 2019

Related Post