कोरिया खबर

२ सय ३८ नेपाली बोकेर कोरियन एयर नेपाल उड्यो !

सोल

लामो समयदेखि भिसा सकिएर बसेका २ सय ३८ जना नेपाली कोरियन एयरमार्फत बिहीबार नेपाल फर्किएका छन ।

५ हजारभन्दा बढी नेपाली भिसा अवधि सकिएर स्वदेश फर्कने पर्खाइमा छन् । बिहीबार फर्कनेसहित हालसम्म ७ सय जना कामदार मात्रै स्वदेश फर्कन पाएका छन् ।

लामो समयदेखि भिसा सकेर बसेका नेपालीले न त कम्पनीमा नियमित काम गर्न पाएका छन् न त स्वदेश फर्कन नै ।

यसरी काम पनि गर्न नपाउने र घर पनि जान नपाउँदा मानसिक समस्या देखिन थालेको ख्याङगिदो ह्वासाङसीमा बस्दै आएका राजकुमार कार्कीले बताए ।

‘हामी ४ महिनादेखि काम नगरी कोरियामा बसिरहेका छौं । पहिले कमाको पैसा खर्च गरिरहेका छौं । पैसा तिरेरै नेपाल जान्छौं भन्दा पनि घर जान पाइएको छैन,’ उनले भने ।

भदौ १ गतेदेखि नेपालले अन्तर्राष्ट्रिय उडान अनुमति दिने निर्णयपछि भने स्वदेश फर्कन सजिलो हुनेमा आशावादी छन् अर्का नेपाली पूर्णमान चाम्लिङ ।

Author Since: Dec 06, 2019

Related Post