कोरिया खबर

२०२० इपिएस भाषा परीक्षा नहुने संकेत ।

सियोल

२०२० इपिएस टपिक भाषा परीक्षा नहुने संकेत नेपाल मा रहेको कोरियाली राजदुताबास ले दिएको छ ।

नक्कली परीक्षार्थी र आन्दोलन मुख्य कारण देखाउँदै इपिएस परीक्षा खारेज हुन सक्ने संकेत पनि दिएको छ । १ महिना अघि मात्र ५८ जाना नक्कली परीक्षार्थी लाई पत्ता लगाई कोरिया बाट नेपाल फर्काइएको थियो ।

२०२० मा नक्कली परीक्षार्थी कम गर्न कम्प्युटर माध्यम बाट परीक्षा सञ्चालन गर्ने निर्णय भएको थियो जसमा बायोमेट्रिक टेस्ट (आँखाको रेटिना र मुटुको धड्कन) हरु बाट विद्यार्थी हरुको फर्म र चेक जाँच गराएर नक्कली परीक्षार्थी को संख्या शुन्य मा झार्ने एचआरडी कोरिया को तयारी थियो तर भनेअनुसार को तयारी भइसकेको छैन ।

२०२० को इपिएस परीक्षा नहुने सम्भावना एकदम बढी रहेको कोरिया राजदुताबास को यो भनाइले देखिन्छ ।

Author Since: Dec 06, 2019

Related Post