कोरिया खबर

उत्तर कोरिया पुग्यो कोरोना! उच्च सतर्कता सुरु

सोल

उत्तर कोरियाले कोरोना भाईरस विरुद्धको लडाइलाई तिव्रता दिएको छ ।

दक्षिण कोरियाबाट भागेर आएका उत्तर कोरियाली नागरिकबाट कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर राख्दै उत्तर कोरिया सरकारले राजधानी सोल सहित विभिन्न मुख्य शहरहरुमा सुरक्षात्मक उपाय अपनाउन थालेको छ ।

प्योङयाङ स्थित संक्रमण नियन्त्रण विभागले विभिन्न नाका तथा ट्रान्जिट स्थलहरुमा सुरक्षाका उपायहरु अपनाउन थालेको छ । हाल उत्तर कोरियाका बस तथा रेल स्टेशनहरुमा स्वास्थ्यकर्मी तथा सुरक्षा कर्मीहरुको बाक्लो उपस्थिति देख्न सकिने उत्तर कोरियाली सरकारी ।

समाचार संस्था केसिएनएले जनाएको छ । दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका उत्तर कोरियाली नागरिकमा कोरोना संक्रमण शंका लागे पछि उत्तर कोरियाले उनी रहेको गेइसियोङ शहरलाई पूर्ण रुपमा लकडाउन गरेको छ ।

सत्तारुढ पार्टीले ति व्यक्ति प्रवेश गरेको स्थलका सैनिक उपर कडा भन्दा कडा कारवाही गरिने समेत जनाएका छन् । हाल सम्म उत्तर कोरियामा एक जनामा पनि संक्रमण नपाइएको र आफ्नो देश कोरोना फ्री देश भएको दावी उत्तर कोरियाले गरिरहेको छ ।

यता विश्व स्वास्थ्य संगठनले भने १२११ जनाको कोरोना परिक्षण गरिएको जस मध्ये ६ ९ ६ जनालाई क्वारेन्टाइन पठाइएको जानकारी

Author Since: Dec 06, 2019

Related Post