दक्षिण कोरियाको ख्यङ्गिदोमा पहिरोका कारण ४ जनाको मृ’त्यु !
- by siddhartha@post
- 3 years ago
- 0 comments

सियोल
दक्षिण कोरियाको ख्यङ्गिदो खाफ्यङ्ग सानयुरी मा रहेको एक रेजोर्टमा लगातारको बर्षाको कारण माथीबाट पहिरो खस्दा ४ जनाको मृ’त्यु भएको छ।
दक्षिण कोरियाली समाचार संस्था केविएस न्युजका अनुसार आज बिहान करिब ११:३७ मा रेजोर्टको माथीपट्टीबाट पहिरो खस्दा घटनास्थलमै ४ जनाको ज्यान गएको हो।
समाचारका अनुसार हिजोदेखी लगातार परेको भारी बर्षाको कारण पहिरो जाँदा रेजोर्टमा बस्ने ति ब्याक्तीहरु बाहिर आउन नसकेको कारण ज्यान गुमाउनुपरेको हो।
पहिरो एक्कासी गएपछी उनीहरु बाहिर आउन नसकेको कारण उनिहरु माथीबाट आएको पहिरोमा पुरिएका थिय।
अहिले २ वटा स्क्याभेटर मार्फत मृ’त शरिर निकाल्ने प्रयास भयतापनि लगातारको भारी बर्षाका कारण निकाल्न नसकिएको उद्दार टोलीले उल्लेख गरेको छ।
उक्त ठाउँमा हिजो ८ बजेदेखी आज विहान ९ वजेसम्म १११मिलिमिटर पानी परेको कोरिया मौषम विज्ञान बिभागले बताएको छ।