कोरिया खबर

उत्तर कोरियाले दक्षिण कोरिया लाई थाहै नदिई बाँध खोल्यो,दक्षिण कोरिया खतरामा !

सोल

उत्तर कोरियाले सोमबार पुर्व सुचना नदिई दक्षिण कोरियाको सिमा क्षेत्र नजिकैको बाँध खोलेको छ ।

उत्तरको उक्त गतिविधिलाई लिएर दक्षिण कोरियाले कडा आपत्ति जनाएको छ । हाल दक्षिण कोरियामा बाढीले वितण्डा मच्चाइरहेको बेला त्यसरि बाँध खोलिदा जनधनको क्षति हुने उल्लेख गर्दै दक्षिणले आपत्ति जनाएको हो ।

उत्तर कोरियाले हाङगाङ बाँधका केही ढोकाहरु खोल्दा दक्षिण कोरियाको इम्जी नदिमा बाढी आएको थियो । उक्त घटना थाहा पाए लगत्तै सम्बन्धित अधिकारीहरु उच्च सतर्कतामा रहेका थिए ।

उक्त घटना बारे दक्षिणले उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएमा प्रकाशित समाचार पश्चात मात्र थाहा पाएको थियो । उत्तर कोरियाका केहि नदिहरुमा बाढी आए पछि उसले बिना सुचना बाँध खोलेको थियो ।

दक्षिण कोरियाको सिमामा तैनाथ सुरक्षा अधिकारिहरुका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा ५०० मिमि भन्दा बढी पानी परेको थियो । सोही कारणले उनीहरु पुर्वतयारीमा थिए ।

उनीहरुका अनुसार उत्तरले बाँधका अन्य ढोकाहरु खोल्न सक्छ जसका लागि तयारी हुन जरुरी छ । सन् २०० ९ मा उत्तर र दक्षिण कोरियाले गरेको समझौता अनुसार उत्तर कोरियाले उक्त बाँध खोल्ने बेला दक्षिणलाई सुचना दिने बारे सहमति भएको थियो ।

पछिल्ला घटना क्रमहरुले गर्दा उत्तर दक्षिण सिमा सम्पर्क कार्यालय उत्तर कोरियाले ध्वस्त पारे पछि सिमामा हुने गतिविधिबारे समन्वय हुन सकेको छैन ।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post