
सोल
दक्षिण कोरियाली डक्टरहरुको संगठन कोरिया मेडिकल एसोसिएसन ( केएमए ) ले सरकारले मेडिकल स्कुलहरुमा भर्ना संख्यामा गरेको बृद्धीका विरुद्धमा आगामी अगष्ट १४ तारिखमा देशव्यापी आम हड्ताल गर्ने घोषणा गरेका छन् ।
यसबाट देशभरका स्वास्थ्य संस्थामा प्रभाव पर्ने विज्ञहरु बताउछन् । आफ्ना जायज मागहरु सम्बोधन गर्न सरकारले कुनै चासो नदिएका कारण वाध्य भएर आन्दोलनमा जानु परेको उनीहरुले बताएका छन् ।
उनीहरुले सरकारले उक्त निर्णय फिर्ता लिनुपर्ने , नयाँ मेडिकल स्कुल निर्माण गर्नुपर्ने , दुर मेडिकल सेवालाइ लागु गर्न नहुने माग राख्दै सरकारलाई दवाव दिइरहेका छन् ।
आन्दोलनरत डक्टरहरुले आफ्ना मागहरु सम्बोधन गर्न सरकारलाई अगष्ट १२ मध्यान्न सम्मको अल्टिमेटम समेत दिएका छन् । सरकारले आगामी १० बर्षमा विद्यार्थी कोटा ४००० पुर्याउने र यसको सुरुवात सन् २०२२ बाटै गर्ने निर्णय गरे लगत्तै उनीहरु आन्दोलित भएका थिए ।
मेडिकल संघमा आवद्ध डक्टरहरुको टोलीले सरकारको उक्त निर्णय हतारमा आएको अपरिपक्व निर्णय भन्दै फिर्ता लिन भनेका छन् ।
यदि समयमा उक्त सरकारी निर्णय फिर्ता नभएमा १४ तारिखमा हड्तालमा जानुको विकल्प नभएको भन्दै त्यसबाट उत्पन्न सम्पुर्ण परिस्थितिको जिम्मा सरकारले लिन पर्ने समेत बताएका छन् ।