दक्षिण कोरियामा पनि बढ्दै कोरोना सङ्क्रमितको सङ्ख्या
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियामा कोरोनाका संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जानकारी दिइएको छ ।
यो सँगै यहाँ मंगलवारसम्म कोरोनाका संक्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४२३ पुगेको बताइएको हो ।
यहाँ सोमवार मध्यरातिसम्ममा करीब २४ घन्टामा ३४ जना संक्रमितहरु थपिएका दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि ५० जना संक्रमित थपिएका बताइएको थियो ।
यसरी यहाँ थपिएका संक्रमितहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जानकारी दिइएको छ । सोमवार थपिएका ३४ मध्ये २१ जना विदेशबाट आएका व्यक्तिहरु रहेका बताइएको छ ।
संक्रमणबाट ज्यान जानेको संख्या ३०१ जना पुगेको बताइएको छ । यहाँका सङक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ ।
सरकारले पछिल्लो समयमा कोरोना संक्रमितहरुको उपचार र नियन्त्रणमा निकै कडाइ गरेको बताइएको छ । दक्षिण कोरिया कोरोनाको नियन्त्रणमा प्रभावकारी देशका रुपमा रहेको बताइएको छ । रासस/सिन्ह्वा