कोरिया खबर

दक्षिण कोरियाले १ लाख ३२ हजार अपार्टमेन्ट बनाउने !

सोल

दक्षिण कोरियाली सरकारले माग अनुरुप आवास गृह बनाउन राजधानी सोल र वरपरका क्षेत्रमा १ लाख ३२ हजार आवास गृह बनाउने भएको छ ।

हाल ति क्षेत्रहरुमा घरहरुको माग अत्याधिक भइरहेको तथा माग र पुर्ति वीच असन्तुलन भएकाले उक्त असन्तुलन मेट्न आवास निर्माण गरिन लागिएको बताइएको छ ।

हाल सरकारले हाउजिङ कम्पनिहरुलाई लक्षित गरि नियम परिमार्जन गर्दै अपार्टमेन्ट निर्माणमा अनुमति दिने निर्णय समेत गरेको छ । उक्त जानकारि दक्षिण कोरियाली उपप्रधान तथा अर्थ मन्त्री होङ नाम कीले एक कार्यक्रममा बताएका हुन् ।

उनले हाउजिङ कम्पनिहरुलाई सक्दो सहुलियत उपलब्ध गराउने समेत बताएका छन् । उनले सरकारको लक्ष घर बनाउनु मात्र नभई युवा तथा जागिरे पुस्तालाई सहजताका साथ आवास सेवा उफलब्ध गराउनु समेत रहेको बताउदै घर निर्माण गरिने क्षेत्र समेत उचित हुन पर्नेमा जोड दिएका छन् ।

बजार तथा रोजगारयुक्त क्षेत्रलाई हेरेर घर बनाइनु पर्नेमा उनले जोड दिएका छन् । सरकारले यस अघि घोषणा गरेको १ लाख ३० हजार सहित जम्मा २ लाख ६२ हजार घरहरु आगामी सन् २०२८ सम्ममा निर्माण सम्पन्न गरिने छ । सरकारी अधिकारीका अनुसार ति घरहरु सोल तथा जियोङ्जी क्षेत्रमा निर्माण गरिने छ ।

सरकारको उक्त योजना अन्तरगत बनाइएका हाउजिङहरुमा निश्चित क्षेत्र सरकारी प्रयोजनका लागि छुट्याइने छन् भने अन्य क्षेत्र आवास प्रयोजनका लागि प्रयोग गरिने छ ।

Author Since: Dec 06, 2019

Related Post