दक्षिण कोरियाले उत्तर कोरिया सहयोग कार्यक्रमका लागि छुट्यायो १० मिलियन डलर
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाले विश्व खाद्य संगठन अन्तरगतको उत्तर कोरिया सहयोग कार्यक्रमका लागि १० मिलियन अमेरिकी डलर सहयोग रकम विनियोजन गरेको छ ।
उत्तर कोरियाली महिला तथा वालवालिकाहरुका लागि पौष्टिक आहार तथा अन्य खाद्यान्न कार्यक्रमका लागि उक्त रकम बिनियोजन गरिएको एकिकरण मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार दक्षिण कोरियाको उक्त निर्णयले हाल परमाणु हतियार उत्पादन तथा परिक्षणका कारण गरिएको नाकाबन्दीलाई कुनै असर गर्दैन ।
यो दक्षिण कोरियाको नियमित कार्यक्रम समेत हो । गत बर्ष पनि दक्षिण कोरियाले उत्तर कोरियालाई ५० ,००० मेट्रिक टन खाद्यान्न तथा ४.५ मिलियन अमेरिकि डलर नगद सहयोग गरेको थियो ।
यस बर्ष उपलब्ध गराईएको उक्त सहयोग रकमले ७ बर्ष मुनिका करिव १ लाख ४३ हजार बालबालिकाहरुलाई ९ ००० टन पौष्टिक आहार उपलब्ध गराईने छ ।
त्यसका अलावा ३१ हजार ५ सय गर्भावति महिलालाई ३६०० टन मकै तथा अन्य खाद्यान्न उपलब्ध गराइने छ । मन्त्रालयले उक्त सहयोग रकम संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व खाद्य कार्यक्रम मार्फत उत्तर कोरियालाई उपलब्ध गराउने छ ।
नाकाबन्दिका वावजुत न्युनतम मानवीय मुल्य र मान्यता अनुरुप उक्त सहयोग गरिएको मन्त्रालयले जनाएको छ ।