उत्तर कोरियाले क्षमता भन्दा बढी मिसाइल बनाइरहेको छ: अमेरिका
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
उत्तर कोरिया हाल लामो दुरी सम्म मार हान्न सक्ने आणविक मिसाइल उत्पादनमा आक्रामक रुपले लागेको पेन्टागनले जनाएको छ ।
हाल उत्तर कोरियाले अमेरिका सम्म मार हान्न सक्ने क्षमता भएका शक्तिशालि मिसाइलहरु द्रुत गतिमा निर्माण गरिरहेको अमेरिकाको भनाई छ । उत्तर कोरियाले पछिल्ला दिनहरुमा परिक्षण कार्यलाई समेत तिव्रता दिएको अमेरपकाको भनाई छ ।
अन्तरिक्ष र मिसाइल्स विषयमा आयोजित एक कार्यक्रममा बोल्दै अमेरिकी रक्षा अधिकारी भिक्टोरिनो मर्काडोले उक्त विषय सार्वजनिक गरेका हुन् ।
उनले अमेरिकाले उत्तर कोरियालाई निशश्त्रीकरण गर्न पर्याप्त कुटनितिक पहल गरिरहेको भएता पनि उसका आणविक गतिविधि बन्द नभएको बताएका छन् ।
कतिपयले उत्तर कोरियाले गर्ने गरेका अधिकांश परिक्षणहरु असफल भइरहेको बताइरहेका बेला उनले भने ति असफलताबाट उत्तर कोरियाले अझ शक्तिशाली हतियार निर्माण गरिरहेको बताएका छन् ।
उनले चीन तथा रसियाको सहयोगमा हाल इरानले पनि आणविक हतियार उत्पादनमा बढावा गरेको बताउदै हाल इरान सँग १००० बढी मिसाइल्स रहेको र तिनले मध्यपुर्वमा हमला गर्न सक्ने समेत बताएका छन् ।
उनले आवश्यक परेको बेला त्यस्ता मिसाइललाई निश्तेज बनाउने एण्टि मिसाइल प्रविधि अमेरिकासँग रहेको समेत बताएका छन।