अगस्ट १२ तारिखको इन्छन – काठमाडौँ एकतर्फी चार्टर उडान मा नेपाल जानुहुने यात्रुले पालना गर्नुपर्ने नियम हरु !
- by siddhartha@post
- 3 years ago
- 0 comments

सियोल
अगस्ट १२ तारिखको इन्चन – काठमाडौँ एकतर्फी चार्टर उडान सम्बन्धमा।
बिगतमा सानो सानो त्रुटिहरूले गर्दा एयरपोर्ट पुगेर फर्कनु परेको अवस्था परेकोले, यात्रु माहानुभावहरुले अनिबार्य रुपमा पालना गर्नु पर्ने नियमहरु:
1 – कोरोना परिक्षण (PCR टेष्ट) अनिबार्य गराउनु होल। (बोडिङ टाईममा अनिवार्य PCR टेस्टको रिपोर्ट हुनुपर्नेछ र परिक्षण अवधि अधिकतम एक हप्ता भन्दा कटेको हुनु हुँदैन)।
2 – भिषा अवधि सकिएका महानुभावले अनिबार्य रुपमा कोरियाको अध्यागम मार्फत उडान भन्दा ३ दिन अगावै EXIT अनुमती लिनु पर्ने छ । त्यस्तै अर्जेन्ट परेर विदामा जान लाग्नु भएको साथीहरुले नजिकैको इमिग्रेसनमा रिपर्मिट लिएर जानु पर्ने हुन्छ । बृस्तितको लागी 1345 press 13* इमिग्रेसन कोरिया ।
3 – उडान प्रयोग कर्ता यात्रुले अधिकतम २४ किलो सम्म हुने गरि १ थान लगेज + अधिकतम 10 किलो सम्म हुने गरि १ थान Hand Carry* मात्र आफनो साथमा लग्न पाउने छन्। ठूला र भद्दा प्याकेज गरेका लगेज बोक्न बिमान सेवा बाध्य हुनेछैन। ठूलो लगेज भित्र कुनै पनि बिधुतिय समान वा व्याट्रि राख्न मनाही गरिएको छ। साथै थप लकेज पैसा तिरेर लैजान पाउने छ ।
4 – यात्रुको कुनैपनि व्यक्तिगत कारण बिमान सुविधा प्रयोग गर् नपाएमा/नमिलेमा व्यक्ति स्वयं जिम्मेवार हुनुपर्नेछ। बिमान सेवा बापतको कुनै पनि रकम फिर्ता हुने छैन।
5- बिमानस्थल तथा उडान अवधि भर अनिबार्य मास्क प्रयोग गर्नुपर्नेछ।
6- बिमानस्थल पुगेर पनि पुर्ण स्वास्थ चेक हुनेछ स्वास्थजाच हुदा शरिरको तापक्रम 37 डिग्री माोथि भएमा बिमान चड्ने निषेध गरिने छ ।
नोट: 12 तारिक को टिकट आइतबार नेपालि समय 3 बजे प्राप्त हुने जानकारी गराइन्छ।
BOARDING TIME: Aug 12, 2:00 AM
FLIGHT TIME: Aug 12, 5 :00AM
साथै 12 तारिक को उडानको अनुमतिको लागि सहयोग पुराउनुहुने सम्पूर्णमा हार्दिक धन्यबाद साथै कृतज्ञता ब्यक्त गर्दछौं।
साथै, यो पटक नेपाल फर्कदै गर्दा भाडादर महंगो परेको छ किनकी यस पटकको उडान पूर्ण रुपमा कोरिया बाट गरिएको हुदा र नेपालबाट कुनै यात्रु नल्याउने र खाली फर्कनुपर्ने हुनाले महंगो पर्न गएको जानकारि समेत गराउदछौ।
KME TOUR AND TRAVELS
SEOUL SOUTH KOREA