कोरिया खबर

दक्षिण कोरियामा टाईफुन सहित पुनः उच्च बर्षाको खतरा , सजक रहन सुझाब

किशन गौतम /सियोल

केहि सातादेखि उच्च वर्षा तथा बाढी पहिरोले आक्रान्त बनाइरहेको दक्षिण कोरियामा पुनः टाईफुन जङ्गमिको खतरा बढेको छ l

यो बर्षको पाँचौ टाईफुन जङ्गमिका कारण कोरियामा ठुलो धनजनको क्षति पुर्याउन सक्ने अनुमान संगै सजक रहन सुझाव दिइएको छ l

कोरिया मेट्रोलोजीकल एड्मिनिष्ट्रेशनका अनुसार जापानको ओकिनावा देखि शुरु भएको टाईफुन जङ्गमि सोमबार बिहानदेखि कोरियाको दक्षिणी क्षेत्र जेजु नजिकिदै छ l

३८ किलोमिटर प्रतिघन्टाका दरले कोरिया नजिकिदै गरेको टाईफुन जङ्गमिका कारण पुनःअर्को उच्च बर्षा को खतरा बढेको कोरिया मौसम विभागलाई उद्रित गर्दै कोरिया टाइम्सले लेखेको छ l

टाईफुनका कारण सोमबार र मंगलबार कोरियाको छुन्गछेङ्ग प्रान्त मा ५० देखि १५० मिलिलिटर बर्षाको अनुमान छ भने जेजुमा २५० मिलिलिटर बर्षाको खतरा बढेको छ l त्यस्तै राजधानी सियोल, ख्याङ्गिदो तथा खाङ्वन्दो क्षेत्रमा ३० देखि ८० मिलिलिटर बर्षा हुन सक्ने अनुमान छ l

कोरियामा जुन २४ देखि शुरु भएको मनसुन अझै केहि दीन रहने अनुमान छ l लगातारको बर्षा पछी आएको बाढी पहिरोका कारण हाल सम्म मृत्यु हुने तथा हराउनेको संख्या ४२ पुगेको छ भने करिब ७ हजार मानिसहरु घरवारविहीन भएका छन् l त्यस्तै १४ हजार ९१ संरचनाहरु ध्वस्त भएका छन् lहेल्लो नेपाल कोरिया डटकम बाट

Author Since: Dec 06, 2019

Related Post