उत्तर कोरियातर्फ पर्चा उडाउनु प्रजातन्त्रको न्युनतम मुल्य र मान्यता विपरित: एकिकरण मन्त्रालय
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाको एकिकरण मन्त्रालयका एक उच्च सरकारी अधिकारीले उत्तर कोरियाबाट भागेर आएका नागरिकहरुको गैरसरकारी संस्थाबाट उत्तर कोरिया तर्फ उडाइएका पर्चा तथा पम्प्लेटहरु प्रजातन्त्रको न्युनतम मुल्य र मान्यता विपरित रहेको बताएका छन् ।
उनले आफ्नो अधिकार प्रयोग गर्ने भन्दैमा अर्काको अधिकार हनन हुने कुनै पनि कार्य गर्न नपाइने बताएका छन् । सीमा क्षेत्रमा त्यस प्रकारका पर्चा पम्प्लेटहरु उडाइदा उक्त क्षेत्रका नागरिकहरुको सुरक्षामा चुनौति थपिने तथा क्षेत्रीय अर्थतन्त्रमा समेत खलल पुग्ने हुनाले त्यस्ता गतिविधि गैरकानुनि रहेको उनको तर्क छ ।
दक्षिण कोरियाका मानवीय साहायता विभागका उच्च अधिकारी ली जुङ्ग जोले त्यस बाहेक उनीहरुले उडाएका पर्चाहरु दक्षिण कोरियामा नै झरेका कारण वातावरण समेत प्रदुषित भएको बताएकी छन् ।
मन्त्रालयले दर्जनौ पटक उनीहरुसँग प्रत्यक्ष तथा टेलिफोन सम्वाद गर्ने प्रयास गरेको बताउदै उनले ति नागरिकहरुले सरकारको धेरै प्रयासका वावजुत पनि पर्चा उडाउन नछोडेका कारण उक्त गतिविधिलाई बन्देज लगाइएको बताएका छन् ।
यता ति समुहका मानिसहरुले भने सरकारले त्यस प्रकारको कुनै पनि वार्ता आफूहरुसँग नगरि एक्कासी आफ्ना प्रजातान्त्रिक गतिविधिहरु माथि प्रतिवन्ध लगाइएको भन्दै अदालतमा मुद्दा दर्ता समेत गराएका छन् ।
सरकारले भने निरन्तर रुपमा त्यस किसिमका गतिविधिले दुइ देशको सम्बन्ध थप नकारात्मक बन्ने भन्दै उत्तर विरोधि गतिविधिमा पुर्ण रुपले बन्देज लगाएको छ ।
हालै सरकारले विश्व खाद्य संगठनका माध्यमबाट १० मिलियन अमेरिकी डलर बराबरको खाद्य सहयोग उत्तरलाई पठाउने घोषणा गरिसकेको छ ।हटपाटीबाट