जापान समाचार

जापानमा ७० वर्षभन्दा बढी उमेरका सवारी चालकको संख्या १ करोड

टोकियो

जापानमा ७० वर्ष वा सोभन्दा बढी उमेरका वैधानिक चालक अनुमति–पत्र हुने ड्राइभरहरुको संख्या १ करोड नाघेको छ ।

सरकारले शुक्रवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०१९ मा सो उमेर समूहका चालकको संख्या १ करोड १९ लाख ५० हजार रहेको छ ।

यो कुल अनुमति–पत्र बाहकको अनुपातमा १४ दशमलव ५ प्रतिशत हो । यो संख्या चार दशकअघिको तुलनामा ९० गुणा धेरै हो । वृद्ध चालकहरुको संख्या सन् १९७५ मा १ लाख ३० हजार र सन् १९८५ मा ८ लाख रहेको थियो ।

गत वर्ष ७५ वर्षभन्दा माथिका चालकहरुको संख्या ६ लाख रहेको छ । यो कुल वृद्ध चालकको अनुपातमा ५८ दशमलव ३ प्रतिशत हो । जापानको जनसंख्या करीब १२ करोड ६० लाख रहेको छ ।

शारीरिक क्षमतामा ह्रास लगायत विभिन्न समस्या भएमा चालकहरुले आफ्नो चालक अनुमति पत्र रद्द गर्न वा सरकारलाई सुम्पन सक्छन् ।

प्रतिवेदनका अनुसार गत वर्ष सडक दूघर्टनामा परेर व्यान गुमाउनेको संख्या ३ हजार २१५ मा आएको छ । यो सन् १९४८ यताको तुलना गर्न मिल्ने तथ्यांक उपलब्ध भएयताकै थोरै हो ।

यसमा पनि ६५ वर्ष वा सो भन्दा बढी उमेरका चालकहरुले चलाएको सवारी साधन दूर्घटनामा परेर ज्यान गुमाउनेको अनुपात ५५ दशमलव ४ प्रतिशत रहेको छ । एजेन्सी

Author Since: Dec 06, 2019

Related Post