लेवनानको बेरुत शहरमा भएको विनाशकारी वि’ष्फोट पश्चात दक्षिण कोरियामा त्राश
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
लेवनानको बेरुत शहरमा भएको विनाशकारी विष्फोट पश्चात दक्षिण कोरियामा पनि त्राश फैलिएको छ ।
दक्षिण कोरियाली शहर बुसानका स्थानिय बासीहरु पछिल्ला दिनहरुमा त्रशित भएका छन् ।
बेरुतमा जस्तै बुसानको घनाबस्ती भएको क्षेत्रमा करिव १२४० टन एमोनियम भण्डारण गरिएका कारण स्थानियमा त्राश छाएको हो ।
स्थानिय श्रोतका अनुसार उक्त परिमाणको एमोनियम भण्डारण गरिएको स्थलमा प्रवेश , भण्डारण , सुरक्षा लगायतका क्षेत्रमा ब्यापक कमजोरी पाइएका छन् ।
श्रोतले यदि उक्त लापरवाही जारी राखिएमा बेरुत जस्तै दुर्दशा भोग्नु पर्ने समेत बताएका छन् । हाल उक्त एमोनियम सल्फेटको भण्डारण , सिपिङ लगायतका सम्पुर्ण जिम्मेवारी निजी कम्पनिलाई दिइएको तथा ब्यवस्थापन पक्ष कमजोर भएका कारण कुनै पनि बेला दुर्घटना हुन सक्ने अधिकारीहरु बताउछन् ।
हाल सम्म पनि उक्त क्षेत्रलाई प्रभावकारी नियमन गर्न नसकिदा जोखिम बढेको छ । यता उक्त बन्दरगाह सञ्चालकहरु भने बुसानमा बेरुतमा झै खतरा नरहेको बताउदछन् ।
उनीहरुका अनुसार त्यहाँ भण्डारण गरिने एमोनियम राम्रो सँग प्याकिङ गरिने तथा कुनै पनि सामान १० दिन भन्दा बढी नराखिने हुँदा बेरुत जस्तो खतरा छैन ।हटपाटीबाट