कोरियामा कोरोना संक्रमण बढ्दो , शुक्रबार थपिए बिगत ४ महिना यताकै सबैभन्दा धेरै संक्रमित
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियामा गएको २४ घन्टामा १०३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l
यो संगै कुल संक्रमितको संख्या १४ हजार ८ सय ७३ पुगेको छ l त्यस्तै उक्त अबधिमा मृ’त्यु हुनेको संख्या सुन्य भने निको भै घर फर्किनेको संख्या ४६ रहेको छ l
यसरि नयाँ संक्रमित थपिनेमा अघिल्लो दिनको तुलनामा शुक्रबार झन्डै डबल छ l बिहिबार ५६ जना नया संक्रमित थपिएका थिए l त्यस्तै शुक्रबार थपिएका नयाँ संक्रमित मध्ये ८५ जना जना स्थानीय केस छ भने विदेश बाट संक्रमित भै आउनेको संख्या १८ छ l
कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार स्थानीय रुपमा सक्रमित थापिनेको संख्या बिगत ४ महिना यताकै उच्च हो l गत मार्च ३१ मा ८८ जना स्थानीय नयाँ संक्रमित थपिएका थिए l
दैनिक संक्रमित थपिनेमा भने जुलाई २५ यताकै उच्च हो l गत जुलाई २५ मा थपिएका ११३ जना मध्ये अधिकांस विदेश बाट संक्रमित भै आउनेको संख्या थियो l
हाल थपिएका नयाँ संक्रमितहरुमा अधिकांसमा सामुहिक संक्रमण देखिएको छ l अन्य स्थानको तुलनामा राजधानी सियोलमा तथा आसपासका क्षेत्रमा दैनिक संक्रमण बढ्दो रहेको छ l
कोरियामा हाल सम्म विदेशबाट संक्रमित भै आउनेको संख्या २ हजार ६ सय १८ पुगेको छ l यसरि विदेशबाट संक्रमित भै आउनेको संख्या लगातार थपिन थालेपछि कोरियाले उच्च संक्रमित देशबाट भित्रिने नागरिकको लागी भिसा प्रक्रिया तथा क्वारेन्टिनको नियम कडा पारेको छ l
कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ३०५ पुगेको छ भने १३ हजार ८सय ६३ जना निको भैसकेका छन् l
कोरियाले हासम्म १६ लाख ६५ हजार ८४ जनाको पिसिआर प्रविधि बाट कोरोना परिक्षण गरेको छ।हेल्लो नेपाल कोरिया डटकम बाट