समाचार

नेपाल कोरिया मैत्री अस्पतालका ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ

उपत्यकाको मध्यपुर ठिमीस्थित नेपाल कोरिया मैत्री अस्पतालका तीन नर्ससहित चार जनामा कोरोना भाइरस संक्रमण भएको छ।

अस्पतालका नर्स र कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेक अस्पतालका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

अस्पतालले शनिबार तीन नर्सिङ कर्मचारी र एक पार्किङका कर्मचारीमा कोरोना संक्रमण भएको जानकारी गराएको हो।

उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको र अस्पतालकै आइसोलेसनमा रहेको जानकारी पनि अस्पतालले गराएको छ।

Author Since: Dec 06, 2019

Related Post