कोरिया खबर

कोरियामा क्वारेन्टाईन तथा आईसोलेसन नियम नमान्ने विदेशीले कोरोना उपचारको सम्पुर्ण खर्च बेहोर्नुपर्ने !

सोल

दक्षिण कोरिया प्रवेश गर्ने विदेशी नागरिकमा कोरोना संक्रमण पाइएमा अब टाउको दुखाई बन्न सक्ने भएको छ ।

कोरोना संक्रमण रोक्न बनाइएका विशेष नियमहरुको पालना नगरेको पाइएमा सरकारले नि : शुल्क रुपमा उपलब्ध गराउदै आएको उपचार सुविधा कटौति गर्ने छ र उक्त उपचार शुल्क बिरामी स्वयंले तिर्नु पर्ने भएको छ ।

दक्षिण कोरियाली प्रकोप सुरक्षा विभाग तथा रोग तथा संक्रमण नियन्त्रण केन्द्रले संयुक्त रुपमा उक्त कुरा बताएका हुन् । यदि कोही पनि बिदेशी कोरोना संक्रमितले सरकारी आचार संहिता पालना गर्दैन भने उसले उपचारको सम्पुर्ण खर्च आफै बेहोर्नु पर्ने छ , उनीहरुले बताए ।

हाल संक्रमण फैलिन नदिन तथा यर रोगबाट हुन सक्ने क्षतिबाट बच्न सरकारले परिक्षण र उपचार शुल्क आफै बेहोर्दै आइरहेको छ ।बिदेशबाट आउनेहरुले आइशोलेशन तथा बसाई खर्च भने आफैले बेहोर्नु पर्दछ ।

हाल पनि धेरै बिदेशी नागरिकहरुले सरकारको क्वारेन्टिन नियम उल्लङ्घन गरिरहेको पाइएका कारण सरकारले उक्त नियम परिमार्जन गरेको हो ।

अगष्ट महिना सुरु भए यता मात्र २४ जनाले सरकारको संक्रमण नियन्त्रण ऐन अन्तरगतका नियम उल्लङ्घन गरेको सरकारी तथ्याङ्क छ।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post