कोरिया खबर

कोरियामा दोस्रो लहरमा फैलिएको कोरोना भाइरसको प्रकोप झन् खतरनाक , नियन्त्रण भन्दा बाहिर जान सक्ने

किशन गौतम/सियोल

दक्षिण कोरियामा दोस्रो लहरमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण भन्दा बाहिर जान सक्ने सम्भावना बढेर गएको छ l

गत फेब्रुरी तथा मार्चमा कोरियाको थेगु शहरलाई केन्द्रबिन्दु बनाउदै सिन्चेओन्जी चर्च बाट फैलिएको कोरोना भाइरसको प्रकोप भन्दा यो पटक राजधानी सियोल तथा आसपासमा रहेका चर्च बाट फैलिएको प्रकोप अझै खतरनाक हुन् सक्ने स्वास्थ्यबिदहरुको अनुमान छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार यसपटक देखा परेको प्रकोप चर्च बाट फैलिएपनि एक सिमित क्षेत्र वा सिमित ब्याक्तिहरुमा मात्र नभई सियोल ,इन्छन तथा ख्याङ्गिदोका रेस्टुरेन्ट , कफी पसल , आर्मी ब्यारेक , प्रहरी कार्यालहरुमा कार्यरत ब्याक्तिहरुमा बढी देखा परेको छ l

त्यस्तै पछिल्लो समय सभा र्यालीहरुमा उपस्थित मानिसहरुमा समेत संक्रमण देखिएकोले स्थिति थप भयावह हुन सक्ने अनुमान गरिएको छ l

पछिल्लो तथ्यांकअनुसार उक्त ५ दिनको अबधिमा संक्रमित हुनेहरुबीच नजिकको सम्पर्कमा आउने मानिसको संख्या २ लाख ४६ हजार २ सय १ पुगेको छ l

कोरियाका सियोल ,इन्छन तथा ख्याङ्गिदो क्षेत्रमा अत्यधिक जनघनत्व भएकोले पनि स्थित नियत्रण बाहिर जान सक्ने अनुमान गरिएको छ l

यद्यपी स्थिति नियन्त्रण बाहिर जान नदिन सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरुमा रोक लगाएको छ भने सियोल नगर तथा आसपासका क्षेत्रमा सामाजिक दुरीलाई थप कडा पर्ने बताएको छ l

कोरियामा पछिल्लो २४ घन्टामा २ सय ४६ जना जना नयाँ संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या १५ हजार ७ सय ६१ पुगेको छ l पछिल्लो पटक सियोल तथा आसपासका क्षेत्रमा रहेका चर्च वाट संक्रमित हुनेको संख्या ५ दिनको अबधिमा ९ सय ९१ पुगेको छ lहेल्लो नेपाल कोरिया डटकम बाट

Author Since: Dec 06, 2019

Related Post