दक्षिण कोरियामा कोरोना संक्रमण भयावह, स्थिति नियन्त्रण बाहिर
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको स्थिति भयावह भएको छ ।
पछिल्ला पाँच दिनमा देशभर संक्रमण दर तिब्र गतिमा फैलिदै गए पछि सरकारले स्थिति नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिएको छ ।
सोमबार मात्र २४६ जना नयाँ संक्रमित फेला परेसँगै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १५७६१ पुगेको छ भने संक्रमणबाट हाल सम्म ३०६ जनाले ज्यान समेत गुमाइसकेका छन् ।
पछिल्ला ५ दिनमा मात्र दक्षिण कोरियाको राजधानी सोल, इञ्चोन,छङ्जु लगायतका क्षेत्रमा ९९१ जनामा संक्रमण पाइएको दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पछिल्ला दिनहरुमा ति प्रान्तका चर्चहरुमा समुहमा संक्रमण देखा परेको छ । चर्चबाट सुरु भएको संक्रमण हाल आएर रेष्टुरेन्ट, सैनिक बेस, कफि पसल, प्रहरी कार्यालय लगायतका क्षेत्रमा समेत पाइएको केन्द्रले जनाएको छ ।
पछिल्लो पटक सरकार विरोधि प्रदर्शनमा उत्रीएका प्रदर्शनकारीहरुमा समेत कोरोना संक्रमण फैलिएका कारण स्थिति भयावह भएको केन्द्रले जनाएको छ ।
कोरोना संक्रमणको केन्द्र बनेको सिछोञ्ची चर्चमा गत फेब्रुअरीमा समुह संक्रमण भेटिए लगत्तै सरकारले चर्चमा हुने सबै किसिमका गतिविधिहरु बन्द गराएको थियो ।
हाल सम्म पनि सरकारको सामाजिक दुरी नियम कायमै रहेका बेला गत १४ अगष्टमा चर्च अधिमकारीहरुले निषेधित क्षेत्रमा हज्जारौको संख्यामा देशभरबाट मानिस भेला गराई प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सहभागी धेरै मानिसहरुमा कोरोना संक्रमण पाइए पश्चात संक्रमण देशभर पुन: फैलिएको सरकारको ठम्याई छ ।
यदि संयमता नअपनाइएमा देशको सिङ्गो स्वास्थ्य प्रणाली नै ध्वस्त हुने र संक्रमणको स्थिति भयावह हुने बताउदै केन्द्रले उक्त आन्दोलनमा सहभागी हुने सम्पुर्णलाई कोरोना संक्रमण परिक्षण गराउन तथा सेल्फ क्वार्न्टाइनमा बस्न निर्देशन समेत दिएको छ ।हटपाटी