कोरिया खबर

दक्षिण कोरियामा कोरोना: बुसान क्षेत्रका समुद्री तट तथा पर्यटकीय स्थलहरु आज रातिबाट बन्द गरिँदै

सोल

दक्षिण कोरियामा एक साता नबित्दै १५ सय बढी नयाँ कोरोना संक्रमित थपिए पछि सरकार आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।

सोही क्रममा सरकारले दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा अवस्थित बुसान क्षेत्रका समुद्रि तटहरु बन्द गर्ने भएको छ ।

कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले बुसान क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र बुसानको हेउन्दे बीच लगायतका क्षेत्र आजबाट बन्द गर्न लागेको कोरियाली पत्रीका ‘ द कोरिया टाइम्स ‘ ले जनाएको छ ।

समुद्र तथा माछा उत्पादन हेर्ने मन्त्रालयले आज रातिबाट लागु हुने गरि बुसान क्षेत्रमा रहेका हेउन्दे लगायतका ७ वटा अन्य समुद्री किनाराहरु बन्द गर्ने जनाएको हो ।

यता भाईरसको संक्रमण बढे लगत्तै राजधानी सोलमा उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिइएको छ । कोरियाली पत्रीका ‘ द कोरियन हेराल्ड ‘ का अनुसार राजधानी सोल लगायतका क्षेत्रमा १० जना भन्दा बढी व्यक्तिहरुको भेलालाई पुर्ण रुपमा निषेध गरिएको छ ।

इञ्चोन क्षेत्रका समुद्री तटहरु बन्द गरिएको छ भन् दोश्रो श्रेणीको स्वास्थ्य सुरक्षा प्रणाली सुरु गरिएको छ । उक्त प्रणाली अनुसार १०० बढी मानिसको जमघट बन्द गरिएको छ भने मास्क तथा सामाजिक दुरी अनिवार्य गरिएको छ ।हटपाटी

Author Since: Dec 06, 2019

Related Post