कोरियामा कोरोना प्रकोप: १० जना भन्दा धेरै भेला भए ३० लाख वोन जरिवाना
- by siddhartha@post
- 3 years ago
- 0 comments

सियोल
कोरियाको राजधानी सियोल तथा आसपासका क्षेत्रमा १० जना वा सो भन्दा बढी भेला भै सभा , र्याली गर्न नपाइने भएको छ l
पछिल्लो एक सातादेखि कोरोनाको प्रकोप अत्यधिक बढेपछी सियोल नगरले शुक्रबार देखि लागु हुनेगरी उक्त नियम ल्याएको हो l
यहि अगस्ट ३० मध्यरात सम्म लागु हुने तेस्रो तहको सामाजिक दुरी अन्तर्गत भेला ,र्याली तथा सभा सम्मेलनलाइ पूर्ण रुपमा निषेध गर्ने बताएको छ l
सियोल महानगरले ल्याएको उक्त नियमलाइ अटेरी गरेमा रोग नियन्त्रण तथा रोगथाम नियमावली अनुसार उक्त ब्याक्ति वा संस्थालाई ३० लाख वन सम्म जरिवाना हुने छ l
कोरियामा गत शनिवार राजधानीमा गरिएको सरकार बिरोधि प्रदर्शन देखि कोरोना भाइरसको दोस्रो लहर शुरु भएको बताइन्छ l दशौँ हजार मानिस उपश्थित उक्त प्रदर्शनको कन्जरभेटिभ पास्चार जुन क्वांग -हुनले नेतृत्व गरेका थिए l
स्वास्थ्य अधिकारीहरुका अनुसार हाल सम्म उक्त पास्चरका ६३७ जना सदस्यमा कोरोना पोजेटिभ भेटिएको छ l भने र्यालीमा उपश्थित १८ जनामा समेत सक्रमण फेला परेको छ l
कोरियामा गएको २४ घन्टामा २ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या १६ हजार ३ सय ४६ पुगेको छ l त्यस्तै १४ हजार ६३ जना निको भैसकेका छन् l हेल्लो नेपाल कोरिया डटकम बाट