कोरिया खबर

सोल महानगरले गरेको कन्ट्याक ट्रेसिङ बिरुद्ध साराङ जिल चर्च कानुनी कारवाहीमा जाने

सोल

दक्षिण कोरियाली राजधानी सोल आसपासका चर्चका सदस्यहरुको कन्ट्याक ट्रेसिङ गरेको बताउदै साराङ जिल चर्चले सोल महानगर बिरुद्ध कानुनी लडाई लड्ने बताएको छ ।

उत्तरी सोलको सियोनबुक जिल्लामा रहेको साराङ जिल चर्चमा अनाधिकृत रुपमा प्रहरी प्रवेश गरेको तथा चर्चका सदस्यहरुको व्यक्तिगत विवरण लिन खोजेको बताउदै चर्चका प्रवक्ताले प्रहरीको उक्त कार्य विरुद्ध कानुनी लडाई लड्ने बताएका हुन् ।

उनका अनुसार बिगत १० घण्टा भन्दा लामो समयबाट प्रहरी र चर्च अधिकारी बीच बिबाद चर्किरहेको छ । यस अघि कोरोनाको समुह संक्रमण सिछोञ्ची चर्चमा रहेको जहाँ ५२०० बढी संक्रमित पाइएका थिए र हाल साराङ जिल चर्च रहेको जसमा ७३ ९ संक्रमित समेत फेला परेको बताउदै सरकारले उक्त चर्चका अधिकारीहरुसँग सुचना तथा जानकारी माग गरेको थियो ।

व्यक्तिको धार्मिक स्वतन्त्रताको अधिकारलाई लत्याउदै महानगर सरकारले प्रहरी पठाउनु निन्दनीय कार्य भन्दै चर्च अधिकारीहरु आक्रोशीत बनेका हुन् । स्वास्थ्य अधिकारीहरुले भने एकै स्थानमा भेला भएर प्रार्थना गर्दा संक्रमण थप फैलने सम्भावना भएका कारण त्यस किसिमका गतिविधिहरु तत्काललाई बन्द गर्न भनेका छन् ।

कतिपय विज्ञहरुले भने सरकारले समष्टिगत रुपमा नियम बनाउन भनेका छन् । कुनै एक बर्ग , सम्प्रदायलाई मात्र औंला ठड्याउदा त्यसको परिणाम नकारात्मक हुने र थप आपराधिक गतिविधि हुन सक्ने बताउछन । सरुवा रोग नियन्त्रण विभागका डा . किम डोङ ह्युन भने हरेक नागरिकलाई स्वतन्त्र रुपमा परिक्षण गर्न प्रोत्साहित गर्नु पर्ने बताउछन् ।

परिक्षणलाई बाध्यकारी बनाइनु नहुने उनको तर्क रहेको छ । यसै बीच संक्रमण दर बढ्दै गइरहेका कारण सरकारले देशैभरी मास्क तथा सामाजिक दुरी अनिवार्य गरिएको बताएको छ । सरकारको उक्त नियम अटेर गर्नेलाई संक्रमण रोग नियन्त्रण ऐन अन्तरगत कारवाही गरिने समेत स्पष्ट बनाएको छ ।Hotpati

Author Since: Dec 06, 2019

Related Post