कोरिया खबर

दक्षिण कोरियामा कोरोना संक्रमण बढेपछि देशव्यापी निषेधाज्ञा

सोल

दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ ।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारले भेला हुन , रात्रीकालिन गतिविधिहरु गर्न , चर्च , खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ ।

स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिएका हुन् । दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण आईतबार थप ३९७ जनामा देखिएको पनि उनले बताए ।

नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ ।अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो ।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post