कोरिया खबर

कोरियामा ‘हरियो साग खेती’ तालिम सुरु

बुसान

किम्हे माईग्रण्ट हाउसले आईतवारबाट हरियो साग खेती गर्ने आधुनिक तालिम दिन सुरु गरेको छ ।

कोरोना भाईरसको महामारीमा समयको सदुपयोग गर्दै उक्त तालिम दिन सुरु गरिएको हाउसका प्रमुख यज्ञराज सुवेदीले जानकारी दिए । तालिक फिल्डमा प्रयोगात्मक रुपमा प्रदान गर्न लागिएको हो ।

त्यस्तै हाउसले कफि बरिस्टाको तालिमपनि आजबाट सुरु गरेको छ । कोरोना महामारीका कारण सामाजिक दूरी कायम गरी ४ जनाको सिमित संख्यालाई उक्त तालिम प्रदान गरिने सुवेदीले बताए ।

कफि बरिस्टा तालिम १२ हप्ता सम्म उपर्युक्त समय तोकेर सञ्चालन गरिने बताईएको छ ।संस्थाले विशेष गरी नेपालीकालागि विभिन्न किसिमका प्रयोगात्मक तालिमहरु प्रदान गर्दै आएको छ ।खबरपेपर बाट

Author Since: Dec 06, 2019

Related Post