कोरियामा पहिचान खुल्न नसकेको नेपालीको श’व पहिचान गरी सहयोग पुर्याउन एनआरएनए कोरियाको अनुरोध !
- by siddhartha@post
- 3 years ago
- 0 comments

सउल
सम्पुर्ण सबैमा तस्बिरमा रहेका व्यक्तिको सनाखत गरि सहयोग गरिदिनु हुन अपिल। शक्दो शेयर गरिदिनुहोला।
सम्बन्धित घर -परिवारको स्वीकृति बिना फोटो सार्बजनिक गर्नु परेकोमा NRNA कोरिया दुख ब्यक्त गर्दै माफी माग्दछ।
कोरियाको थेजन स्थित चुङनाम नेस्नल युनिभर्सिटी हास्पिटलमा उपचार गर्ने क्रम मा मृ’त्यु हुनुभएका तथा अस्पतालको रेकर्डमा “जस बहादुर पुन ” नाम रहेका ब्यक्तिको नेपाल स्थित घर ठेगाना र आफन्तहरु तथा परिवार सँग सम्पर्क हुन नसकेको कारण निजको श’व अस्पतालमै वेवारिसे भएको हुदा निजको सनाखत गर्ने उदेश्यका साथ नेपाली राजदुतवास सौलका श्रम काउनसीलरज्युको अनुरोधमा यो सूचना सार्बजनिक गरिएको हो ।
तस्बिर मा रहेको ब्यक्तिका सम्बन्धमा कुनै जानकारी हुनुभएका व्यक्तिले NRNA कोरिया वा नेपाली राजदुतवास सौलमा सम्पर्क गरि सहयोग गरिदिनु हुन यसै सुचनाका साथ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया ( NRNA कोरिया) हार्दिक अनुरोध गर्दछ।