दक्षिण कोरियाको राजधानी सोलमा सम्पुर्ण सार्बजनिक बस सेवा बन्द, लकडाउनको मनस्थितिमा सरकार
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाको राजधानी सोलस्थित सार्बजनिक बस चालकमा कोरोना संक्रमण पाइए पश्चात सरकारले २ वटा रुटका सार्बजनिक सवारीलाई अस्थायी रुपमा पूर्ण रुपले बन्द गराएको छ ।
बोसियोङ यातायातका सार्बजनिक बस सञ्चालन गर्ने २ जना चालक तथा एक सहचालकमा संक्रमण पाइए पश्चात उनीहरुको सम्पर्कमा आएका अन्य १ ९ २ जनाको परिक्षण गरिएको थियो ।
समाचार अनुसार अन्य १८ ९ जनाको भने नतिजा नेगेटिभ आएको छ । ६५१२ र ५६१८ नम्बर रुटमा चल्ने ति बसहरुलाई अन्य रुटमा ब्यवस्थापन गर्ने तयारी गरिएको पनि बस सञ्चालकहरुले बताएका छन् ।
यता दक्षिण कोरियाली सरकार कोरोना संक्रमण तीब्र गतिमा फैलिन थाले पछि पहिलो पटक लकडाउन गर्ने मनस्थितिमा पुगेको छ । कडा सामाजिक दुरी जारी राखेको सरकारले संक्रमण दरमा कमी नआए र दोश्रो लहर बढे सँगै अझ कडा रुपमा लकडाउन सम्मको बिकल्पका बारेमा छलफल थालेको छ ।
पछिल्ला दिनहरुमा कोरोना नियन्त्रण गर्न भौतिक दुरीलाई कडाई गर्ने , मास्क अनिवार्य गर्ने जस्ता कार्यहरु गरिरहेको सरकारले परिस्थितिको मुल्याङ्कन गर्दै लकडाउन गर्ने सम्मका रणनिति ल्याएको हो ।
बैंक अफ कोरियाले भने सरकारलाई लकडाउनको निर्णय नगर्न सल्लाह दिएको छ । बेरोजगारी समस्या चरम उत्कर्षमा पुग्ने बताउदै बैंकले सामाजिक दुरी कायम राख्ने , मास्क अनिवार्य गर्ने गरेर आर्थिक गतिविधिलाई सञ्चालनमा नै राख्न सल्लाह दिएको छ ।हटपाटी