समाचार

इपिएस नेपालको प्रमुखमा इन्द्र गौतम

सन्दिप पान्डे /सिओल

बैदेशिक रोजगार विभागले इपीएस नेपालको प्रमुखमा इन्द्र गौतमलाई नियुक्त गरेको छ ।

निवर्तमान इपीएस प्रमुख कृष्ण खनाल कतारको श्रम सहचारिको नियुक्त भएदेखि रिक्त रहेको पदमा विभागले गौतमलाई नियुक्त गरेको हो ।

गौतम यस अघि स्वास्थ्य सेवाविभागमा कार्यरत हुनुहुन्थ्यो।

गौतमले आफ्नो कार्यकालको अधिकतम समय कोरियामा रोजगारीमा जाने युवाहरुको हितमा काम गर्ने बताउनु भयो ।

कोरियाभर आज ३७१ जना नयाँ सङ्क्रमित थपिय !

कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित ३७१ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १९,०७७ पुग्यो।

पछिल्लो २४ घन्टा यता ३ जनाको पनि मृत्यु भएको छैन।अहिले सम्म कोरोनाको कारण कोरियामा ३१६ जनाको मृ’ त्यु !

आज ९० जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या १४,५५१ जना।

दक्षिण कोरियामा कोरोना भाईरस सङ्क्रमण नियन्त्रण उन्मुख रहेको भनियतापनि हरेक दिनजसो सङ्क्रमित फेला परेका छन।आजमात्रै ३७१ जना सङ्क्रमित फेला परेका छन।

फेला परेका सङ्क्रमित मध्ये ३५९ जना स्वदेशमै सङ्क्रमण भएका हुन भने विदेशबाट सङ्क्रमित भएर आउनेको सङ्ख्या १२ जना रहेको छ।

कोरियाले पछिल्लो समय अन्तरास्ट्रिय उडान खोले सङ्गै विदेशबाट कोरिया आउने सङ्क्रमित को सङ्ख्या बढदो क्रममा रहेको छ।आयातित सङ्क्रमण बढेपछी कोरिया सरकारले अन्य देशबाट कोरिया भित्रने नागरिकको नयाँ भिषा ईस्यु रद्द गरेको छ।

रोजगारीको लागी कोरिया आउने अन्य देशहरुका ई-९ भिषा बहाकहरुलाई नि कोरिया सरकारले कडाई गरेको छ।कोरिया प्रवेशको लागी १४ दिन सेल्फ क्वारेन्टाईन स्थल खोजेर एचआरडी मार्फत अनुमती गराई कोरिया प्रवेश गर्न सकिने ब्यबस्था रहेको छ।कोरियामा मापदण्ड अनुरुपको क्वारेन्टाईन स्थल नहुने विदेशी श्रमिकहरु कोरिया प्रवेश गर्न पाउने छैनन।

कोरियाले अहिलेसम्म १८ लाख ८७ हजार ७१७ जनाको पिसिआर प्रविधि मार्फत कोरोना टेस्ट गरेको छ।

Author Since: Dec 06, 2019

Related Post