अमेरिकाले उत्तर कोरियासँग सम्बन्धित २८० ‘क्रिप्टोकरेन्सी’ खाता बन्द गर्ने
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
उत्तर कोरियाली ह्याकरहरुको संलग्नता रहेको आशंकामा अमेरिकाले २८० बढी क्रिप्टो करेन्सी खाताहरु बन्द गराउने भएको छ ।
चिनियाँ ब्यापारिहरुसँगको मिलेमतोमा ह्याक गरि अरबौं डलर चोरि गरेको आरोपमा अमेरिकाले उक्त कदम चाल्ने निर्णय गरेको हो ।
सन् २०१७/१८ मा एसियाका पाँच विभिन्न ठाउँबाट करिव ५०० मिलियन अमेरिकी डलर चोरि भएको सुचना आएको थियो । सोही विषयमा अमेरिकी न्याय मन्त्रालयमा उजुरी समेत परेको तथा संयुक्त राष्ट्रसंघ मा समेत उजुरी परेको बताइएको छ ।
हाल अमेरिकाको न्याय विभागमा २८० वटा त्यस्ता अकाउन्ट बारे सुचना आएको र जसमध्ये १४६ अकाउन्टलाई बन्द गरिदिन समेत उजुरी परेको विभागले जनाएको छ ।
पछिल्लो पटक ह्याक गरि करिव १०० मिलियन डलर रकम उत्तर कोरिया पुर्याउन सघाएको भन्दै एक चिनियाँ ब्यापारीलाई कारवाही समेत गरिएको छ ।
यस्ता प्रकारका घटनाबाट उत्तर कोरियाली तथा चिनियाँ ह्याकरहरुको बीचमा सम्बन्ध रहेको बताउदै अमेरिकी सम्पत्ति सुद्धिकरण विभागका अधिकारी ब्रेन र्याबिटले दुबै देशका ह्याकरहरुको बलियो गठबन्धन रहेको बताएका छन् ।
उनले सम्पुर्ण बैंक ह्याकको आरोप उत्तर कोरियामाथि थुपारेका छन् । अमेरिकाले पछिल्लो पटक उत्तर कोरियाली ह्याकरहरु बैङ्कबाट रहक हत्याउन तल्लीन रहेको बताउदै एक चेतावनी समेत जारी गरेको थियो ।
उसले ति ह्याकरहरु पहिचान गर्ने काम जारी रहेको बताउदै पहिचान भएपछि कानुनि कारवाही गरिने समेत स्पष्ट पारेको छ ।Hotpati