कोरिया खबर

दक्षिण कोरियामा मास्क नलगाई हिँडन प्रतिबन्ध !

निकुञ्ज तिवारी

दक्षिण कोरियामा भिडभाड हुने जुनसुकै स्थानमा र सार्वजानिक सवारीसाधनहरुमा यात्रागर्दा यात्रु र चालक दुबैपक्षले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ।

कोरोना भाइरसका कारण सरकारले गत मे २६ देखि ‘नो मास्क, नो राइड’ नियम लागु गरेको हो।नियम लागु गरेको ३ महिनाको समयमा मास्क नलगाई यात्रा गर्ने ३४९ जना यात्रुहरु पक्राउ परेका छन्। तीमध्य १६४ जनाले अन्य यात्रुहरुलाई दुब्र्यवहार गरेको आरोप पनि छ।

‘उनिहरुलाई अन्य यात्रुहरुले मास्क लगाउन अनुरोध गर्ने गरेका थिए।’मास्क नलगाई सार्वजानिक यातायातमा यात्रा गर्दा विभिन्न दुर्ववहारजन्य घटनाहरु पनि घट्ने गरेका छन्।शुक्रबार विहान सउल मेट्रो रेल नम्बर २ मा मास्क नलगाई यात्रा गरेका एक यात्रीलाई मास्क लगाएका यात्रुले मास्क लगाउन अनुरोध गर्दा भनाभनका साथै कुटपीटै भएको थियो।

त्यसैगरि, गत साता पनि एक वृद्ध यात्रुलाई अर्का यात्रुले मास्क लगाउन अनुरोध गर्दा हानाहान भएको थियो।त्यसरी, मास्क नलगाई यात्रा गर्दा गालीजलैज तथा हानाहानैका घटना बढ्न थालेका छन्।

त्यसैगरी इन्छन्क्षेत्रभित्रका सम्पूर्ण सार्वजानिक स्थलहरुमा मास्क लगाउनुपर्ने र नलगाएको उजुरी आई पक्राउ परेमा १ लाख वन अर्थात् करिब १० हजार रुपैयाँ जरिमाना लगाउने नियम ल्याएको छ।

आँफू मास्क लगाउ र अरुलाई पनि मास्क लगाउन अनुरोध गरौं। मास्क लगाउँदा कोरोना भाइरसबाटमात्रै होइन, स्वासप्रस्वासबाट सर्ने अन्य सरुवा रोग र धुलोधुवाँ जस्ता प्रदुषणबाट जोगिऔं। स्वस्थ बनौं।

त्यसैगरी, हिजोआज भाइरस संक्रमित बढ्न थालेपछि सरकाले सामाजिक दुरी कायम गर्न नागरिकसमक्ष अनुरोध गरेको छ भने राजधानी सउलमा १० जनाभन्दा बढि जम्मा हुन नपाउने नियम बनाएको छ।हेल्लो नेपाल कोरिया डटकम बाट

Author Since: Dec 06, 2019

Related Post