दक्षिण कोरियामा एकैदिन दुई नेपाली सङ्क्रमित,उच्च शतर्कता अपनाउन अनुरोध ।
- by siddhartha@post
- 3 years ago
- 0 comments

गुरुदत्त न्यौपाने/सउल
दक्षिण कोरियामा कोरोना भाईरस बाट सङ्क्रमित नेपालीको सङ्ख्या एकैदिन २ पुगेको छ।
कोरियाको दक्षिणी भाग छुङ्छङनाम्दो छङयाङ विवोङम्यन मा अवस्थित खिम्ची (कोरियन अचार) बनाउने कम्पनीमा कार्यरत २० बर्षिय नेपाली यूवती सङ्क्रमण पुस्टी भएसंगै उनीसंग काम गर्ने अर्का नेपालीको समेत भाईरस सङ्क्रमण पुस्टि भएको छ।
आजमात्रै कोरियाली समाचार संस्था एशियन ख्यङ्जेले प्रकाशन गरेको समाचारका अनुसार पहिले नेपाली यूवतीमा सङ्क्रमण फेला परेपछी लगत्तै त्यहाँको स्वास्थ्य कार्यालयले कम्पनीमा उनीसंग सम्पर्कमा रहेका हरुको स्वाव परिक्षण गरेको थियो।
स्वाव परिक्षण पश्चात एउटै कम्पनीमा उनिसंगै १७ जनामा भाईरस सङ्क्रमण पुस्टी भएको छ।साथै ति १७ जनासंग सम्पर्कमा रहेका १३१ जनाको स्वाव परिक्षणकै क्रममा रहेको जनाईएको छ।
४५ हजार भन्दा माथी नेपाली कामदार कार्यरत कोरियामा नेपाली सङ्क्रमित फेला परेको यो पहिलो घटना हो।कोरोना भाईरस सङ्क्रमण नेपालीमा समेत देखा परेसंगै एनआरएनए कोरियाले थप शतर्कता अपनाउन अनुरोध गरेको छ।
सङ्क्रमित दुईजनालाई आईसोलेसनमा राखेर उपचार गराईरहेको छ।साथै उनीहरुको परिचय गोप्य राखिएको छ।