कोरिया खबर

अवदेखी कोरियनलाई ‘भोटे’ भन्न नपाईने !

दक्षिण कोरिया

विगत केही दिनयता दक्षिण कोरियामा सामाजिक संजाल प्रयोग गरि कुनै समुदायप्रति लक्षित “भोटे” शब्द प्रयोग गरी तथानाम गाली गलौज, अपमानित तवरले उत्रिएको सन्दर्भमा “गैर भोटेलाई भोटे शब्द प्रयोग नगर्न” अपिल गरेको छ ‌।

उक्त अपिल नेपाल दुतावास सिउल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गरि सबैमा अनुरोध गरेको हो ‌‌।

नेपाली राजदूतावास सिओलको सार्बजनिक अपिलमा केही दिन यता गणतन्त्र कोरियामा बसोबास गर्ने केही नेपालीहरुले एक आपसमा समाजिक संजाल मार्फत भाषिक , धार्मिक , सांस्कृतिक र साम्प्रदायिक द्वेष फैलाउने र सोही प्रसंगमा दुई देश बीचका नागरिकलाई समेत मुछेर , भाईचारामा आँच ल्याउने , अपमानित गर्ने , होच्याउने र समग्रमा एक अर्को बीच तनाव र द्वन्द्व पैदा गर्ने खालका टिकाटिप्पणी ,अभिव्यक्ति र आरोप प्रत्यारोपमा उतरिएको बारेमा राजदूतावासमा जानकारी प्राप्त भएकोले विज्ञप्ति प्रकाशित गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त क्रियाकलापमा लागेकाहरुलाई संयमित हुन र जातीयरुपमा मानमर्दन गराउने नियतले कुनै किसिमको अपशब्द प्रयोग नगर्न र लेखी सकेका पोस्टहरुलाई डिलिट गरी उच्च मानवीय मूल्य मान्यता प्रदर्शन गर्न नेपाली राजदूतावास सिओल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आग्रह गरेको हो ।

नेपालीमूलका जातीय संकुचन सोच भएका केही व्यक्तिहरुले कोरियन नागरिकहरुलाई समेत भोटे शब्द प्रयोग गर्ने र उस्तै अनुहार मिलेकै भरमा अरु नेपालीहरुलाई भोटे शब्द प्रयोग गरी होच्याउने प्रवृत्ति बढेको थियो ।

“नेपालमा भोटे जातिको समुदाय करिब ९० हजारको हाराहारीमा रहेको र भोटे शब्द ति समुदायको व्यक्तिहरुमा मात्र प्रयोग भएको नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष युगल तेन्डुप शेर्पाले बताए ! वर्ण र जातीय विभेद गरी अपशब्द प्रयोग गर्नु सामाजिक अपराध हो उनले थपे ! ”

जारि गरिएको विज्ञप्तिहरु:-

Author Since: Dec 06, 2019

Related Post