कोरिया खबर

दक्षिण कोरियामा एप्रोन खोलेर सडकमा आन्दोलनरत डाक्टरहरु पुन; काममा फर्के !

सोल

दक्षिण कोरियामा देशव्यापी आन्दोलन गरिरहेका डक्टरहरु आन्दोलन स्थगित गरि काममा फर्कन तयार भएका छन् ।

सरकारले मेडिकल विद्यालयहरुमा भर्ना सम्बन्धी प्रकृयामा परिमार्जन गरि नयाँ पद्धतिबाट भर्ना गर्ने बताएपछि उनीहरु काममा फर्कन तयार भएका हुन् ।

डक्टरहरुको संगठनले आफ्ना अन्य मागहरु भने पुरा नभएको बताएको छ । कोरियाली मेडिकल संघका तर्फबाट अध्यक्ष चोई दाई जीप तथा कोरियाली प्रजातान्त्रिक पार्टीका तर्फबाट हान जियोङ आइद्वारा बार्ता गरि सहमति पत्रमा संयुक्त हस्ताक्षर गरिए पश्चात डक्टरहरु काममा फर्कन तयार भएका हुन् ।

कोरोना संक्रमण कम भए पश्चात अन्य मुद्दाहरुमा छलफल गर्ने सहमति समेत उक्त हस्ताक्षर समारोहमा गरिएको छ । पछिल्लो सरकारी स्वास्थ्य नितिको विरोध गर्दै डक्टरहरु आन्दोलनमा उत्रिएका थिए । यो सहमतिसँगै तत्कालका लागि डक्टरहरु काममा फर्कन तयार भएका हुन् ।

यता कतिपयले भने उक्त सहमति प्रति असन्तुष्टि जनाएका छन् । इन्टर्न गरिरहेका डक्टरहरुको संघका अध्यक्ष पार्क जी ह्युनले आफूलाई थाहा नै नदिई उक्त सहमति भएको तथा उक्त सहमतिबारे सामाजिक सञ्जाल मार्फत जानकारी पाएको समेत बताएका छन् ।

हाललाई डक्टरहरुलाई काममा फर्काउन सहमति गरिएको बताउदै कोरोना संक्रमण कम भएपछि आयोग बनाई आयोग मार्फत डक्टरहरुका मागमा सहमति गरिने समेत सरकारी अधिकारीले बताएका छन् ।

सरकारले हाललाई कोरोना संक्रमण विरुद्ध एक भएर लड्न सके अन्य बिषयहरु संक्रमण मथ्थर भएपश्चात गर्न सकिने स्पष्ट पार्दै डक्टरहरुका मागमा सरकार गम्भिर रहेको समेत बताएका छन।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post