कोरियामा टाइफुन हेसनको बितण्डा , उच्च बर्षा संगै बाढीपहिरो , एकजना बेपत्ता
- by siddhartha@post
- 3 years ago
- 0 comments

किशन गौतम/सिओल
दक्षिण कोरियामा सोमबार देखि भित्रिएको टाईफुन हेसनका कारण उल्सान क्षेत्रमा पहिरो गएको छ भने कैयौ ठाउहरु डुबान परेको छ l
कोरिया मौषम प्रशासनका अनुसार यो बर्षको १० औ टाइफुन हेसन आइतबार मध्यरात देखि कोरिया भित्रिएको थियो l ९ सय ६५ हेक्टोपास्कल केन्दीय चाँप रहेको उक्त टाइफुनले ३२ मिटर प्रतिसेकेन्ड सम्म को गति लिएको छ भने ६० मिलिलिटर प्रतिघन्टा सम्म बर्षा गराएको छ l
उच्च आधिसंगै आएको बर्षाका कारण खाङ्वन्दो क्षेत्रमा डुबान समेत गराएको छ भने बुसान उल्सान लगाएतका क्षेत्रमा पानीको सतह अत्यधिक बढेको छ l
केन्द्रीय रोग तथा सुरक्षा विभागका अनुसार कैयौ बिजुलीका पोलहरु ढलेको कारण देशभर १७ हजार ६ सय २० घरपरिवारमा बिजुली सप्लाई बन्द भएको छ l त्यसैगरी २८ भन्दा धेरै भौतिक संरचनाहरु ध्वस्त भएका छन् l उत्तरी ख्यांगसाङ् प्रान्तमा लगाएत देशभर १ हाजार ६ सय ४० जनाले सेल्टरमा आश्रय लिएका छन् l
उच्च बाढीका कारण खाङ्वन्दो प्रान्तको सम्छेकामा एकजना ४० बर्षीय पुरुष हराइरहेका छन् भने एक्कासि बिजुली सप्लाई बन्द हुदा एलिभेटरमा फसेका एक ५७ बर्षीय पुरुसलाई आज बिहान सकुसल उद्वार गरिएको छ l
सोमाबार बेलुका देखि टाईफुन हेसन केहि कमजोर हुन थालेपछि बुसान क्षेत्रमा बन्द भएका सयौं उडान तथा रेल सेवाहरु बिस्तारै खुल्न थालेका छन् भने देशभर २ सय ९८ उडानहरु ल्याण्ड भैसकेका छन् l टाईफुन हेसन सोमबार राति सम्म उत्तर कोरियाको चोंङ्गिन पुगेर समाप्त हुने अनुमान गरिएको छ lहेल्लो नेपाल कोरिया डटकम बाट