जापान समाचार

साली लाई छोरी भनी नक्कली कागजात बनाई जापान गएका २ नेपाली प’क्राउ !

टोकियो

अध्यागमन कानूनको उल्लघंन गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ परेका छन् ।

जापानको इवाराकी केन स्थित अध्यागमन कार्यालयले नक्कली कागजपत्र बनाई आवास अनुमति लिन खोजेको आरोपमा एक महिला सहित अर्का एक पुरुषलाई पक्राउ गरेको जापानी समाचार संस्था एनएचके टेलिभिजन तथा अनलाइनमा खबर प्रकाशित छ ।

समाचारमा जनाइएअनुसार पक्राउ पर्नेमा ३८ बर्षिय दिपेन्द्र शाहनी र २२ बर्षिय सिर्जना बोहोरा छन् । शाहनीले गलत व्यहोरा उल्लेखित कागजपत्र बुझाएर बोहोरालाई आफ्नी छोरीका रुपमा भिसा दिलाएका थिए ।

गत मे महिनामा गलत कागजपत्र बनाई बसोबास अनुमति थप गर्नका लागि आवेदन दिएका उनीहरुको घटनालाई इबाराकी अध्यागमन कार्यालयले यस्तो प्रकृतिको घटना आफ्नो कार्यालयमा पहिलो भएको बताएको समेत समाचारमा उल्लेख छ ।

शाहनी हिताची शहरको हिगाशी तागाच्योमा रेष्टुरेन्ट व्यवसायमा संलग्न रहेको र उनले छोरीका रुपमा कागजात पेश गरेकी महिला शाहनीकी पूर्वपत्नि तर्फकी साली रहेको समेत समाचारमा उल्लेख छ ।

तयार पारिएको नक्कली कागजातमा छोरीको नाम दिपिशा शाहनी राखिएको समेत समाचारमा उल्लेख छ । शाहनीले ओभरस्टे बसी पक्राउ परेका अरु ३ जना नेपालीहरुलाई पनि यसैगरि नक्कली नाता देखाई जापान भित्र्याएको विषयमा समेत छानविन भइरहेको छ ।नेपारु

Author Since: Dec 06, 2019

Related Post