कोरिया खबर

दक्षिण कोरियाले २०२० मा ५६ हजार बिदेशी कामदार भित्र्याउने

सौल दक्षिण कोरिया,दक्षिण कोरिया श्रम तथा रोजगार विभागले सन् २०२० का लागी अनुमानित बिदेशी कामदारको संख्या सार्वजनिक गरेको छ । जसमा जम्मा कोरिया प्रबेश गराउन सक्ने ५६ हजार रहेको छ । राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत विभिन्न देशबाट उक्त कामदारको परिपूर्ति गरिने छ । नेपालसहित १६ देशकाे कामदारहरु प्रवेश हुन पाउने छन् ।

नेपालकाे लागि कति भन्नेबारे खुलाएकाे छैन । केही दिनमा नै कुन देश कति मात्रामा कामदार ल्याउने भन्ने बिषयमा HRD काेरियाले सुचना जारि गर्नेछ ।प्रत्येक वर्ष काेरियाले नेपाललाइ उच्च प्राथमिकतामा राखेर कामदार भित्र्याएको छ । तर भाषा परीक्षा पास गरेर पनि धेरै नेपालि युवा काेरीया जान पाएका छैनन् ।

जस अन्तर्गत Manufacturing तर्फ ४०,७०० र कृषितर्फ ६,४०० जना तोकिएको छ ।मत्स्यपालनमा ३०००,निर्माणक्षेत्रमा २३००,तथा अन्य क्षेत्रहरुमा रहेका छन।

ख्वाङ्जुमा ४ जना कामदार मध्य १ जनाले तलब नपाउने गरेको गुनासो !

गुरुदत्त न्यौपाने / दक्षिण कोरिया , दक्षिण कोरियाको ख्वाङ्जु क्षेत्रमा काम गर्ने कामदारहरु मध्य ४ जनामा एक जनाको दरले आफ्नो नियमित तलब नपाउने गरेको गुनासो ब्यक्त गरेका छन ।त्यस क्षेत्रका विदेशी कामदारहरु माथी गरिएको सर्वेक्षणमा उनिहरुले रोजगारदाता हरु प्रति असन्तुस्टी जनाएका थिय।गत बुधबार सार्वजनिक गरिएको उक्त सर्वेक्षणको रिजल्टमा हरेक ४ जना कामदार मध्य १ जना कामदारले तलब नपाएको बताएका थिय।

गत मार्च देखी अक्टोवरको अन्तरालमा ख्वाङ्जुको स्थानिय सरकारले १२ वटा देशका ३६९ जना विदेशी कामदारहरु मध्य २४.७ प्रतिशतले आफुले आफ्नो तलब पाउन पनि सङ्घर्ष गरिरहेको बताएका छन ।जसमध्य सबैभन्दा धेरै ३३.३ प्रतिशत अबैधानिक कामदारहरु रहेका छन भने २३.८ प्रतिशत बैधानिक भिषामा कार्यरत रहेका छन।

उनिहरुलाई “कसरी समस्या समाधान गरेका छौ?” भनेर सोधिएको प्रश्नमा ६८.२ प्रतिशत कामदारले आफुहरु कम्पनी नै छोडेका बताएका थिय भने ३१.८ प्रतिशतले आफुहरु केही गर्न नसकेको बताए।

जम्मा ३६९ जना मध्य ५४.५ प्रतिशतले आफुहरु रोजगारदाता तथा कोरियन सहकर्मी कामदारहरुले शारीरिक तथा मानसिक तनाब दिने गरेको बताए जसमध्ये ५६.८ प्रतिशत पुरुष कामदार रहेका थिय भने ४८ प्रतिशत महिला कामदार थिय।

कोरिया रोजगार सुचना केन्द्रका अनुसार छल्लानाम्दो प्रान्तमा कामगर्ने विदेशीको सङ्ख्या करिब १४,००० जना रहेको छ।जसमध्य उत्पादनमुलक क्षेत्रमा ८४०० जना,कृषी तथा पशुपालनमा २२९० जना, मत्स्य ब्यबसायमा २९८६ जना,निर्माण क्षेत्रमा ६९३ जना र सेवामुलक क्षेत्रमा १०४ जना रहेका छन।

Author Since: Dec 06, 2019

Related Post