कोरिया खबर

काेरियन एयरले मास्क प्रयाेग नगर्ने यात्रुलाई फिर्ता पठाउने

सिओल

काेरियन एयरले मास्क प्रयाेग नगर्ने यात्रुलाई विमान प्रवेश नदिई बाेर्डिङ पास गर्ने ठाउँबाटै फिर्ता गरिने जनाएकाे छ ।

काेरियन एयरकाे समाचारकक्षले मंगलबार एक सूचना जारी गर्दै मास्ककाे प्रयाे नगर्ने यात्रुलाई विमानमा यात्राकालागि राेक लगाउने भएको छ।

मास्क प्रयाेग नगरी बाेर्डिङकालागि प्रवेश गर्ने यात्रुलाई विमानका कर्मचारीले मास्क प्रयाेग गर्न आग्रह गर्नेछन् । तर उनिहरुकाे आग्रहलाई अटेरी गर्नेलाई प्रहरीकाे जिम्मा लगाईने बताईएकाे छ ।

यसरी कारवाहीमा पर्ने यात्रुले काेरियन एयरमा अन्य समयमा पनि टिकट बुकिङ गर्न नपाउने उल्लेख छ ।
२ वर्ष भन्दा कम उमेरका बच्चा र मास्ककाे प्रयाेग गर्न नमिल्ने प्रकृतिका राेग भएकालाई भने छुट रहने कार्यालयकाे भनाई छ ।Khabar paper

Author Since: Dec 06, 2019

Related Post