कोरिया खबर

अमेरिकी रास्ट्रपती डोनाल्ड ट्रम्प भन्छन ‘किम स्वस्थ्य छन,उनलाई केही भएको छैन ‘ !

सोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर मार्फत उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन बिलकुल स्वस्थ रहेको बताएका छन् ।

उनले विस्तृत रुपमा केही नखुलाए पनि आफ्नो ट्वीट मार्फत किमलाई हल्का रुपमा नलिन समेत भनेका छन् ।

पछिल्लो समयमा किमको स्वास्थ्य तथा उनकी बहिनीलाई दिइएको थप शक्तिलाई लिएर ३६ बर्षिय किमका बारेमा अनेकौं समाचारहरु विश्वभरबाट आइरहेका छन् ।

यता अमेरिकी सरकारका राज्य सचिव माइक पोम्पिओले समेत किमको स्वास्थ्य स्थिति बारे यसै भन्न नसकिने बताएका छन् । पोम्पिओले हाल उत्तर कोरिया प्राकृतिक प्रकोप तथा कोरोना महामारीबाट उत्तिकै प्रभावित भएका कारण मानवीय संकट झेलिरहेको समेत बताएका छन् ।

उनले किमले आफ्ना जनताका लागि गर्ने सबैभन्दा उत्तम निर्णय भनेको आणविक हतियार निशश्त्रिकरण रहेको समेत बताएका छन् ।

यता उत्तर कोरियाले पछिल्लो पटक परिक्षण गरेको अन्तर महादेशीय ब्यालेस्टिक पण्डुवी मिसाइल परिक्षण पश्चात दक्षिण कोरिया तथा त्यहाँ कार्यरत अमेरिकी सैनिकमा चिन्ता थपिएको छ ।

उनीहरुले उत्तर कोरियाले गरेको उक्त परिक्षण बारे शुक्ष्म अध्ययन भइरहेको समेत बताएका छन् । पुकगुकसोङ -३ नामको उक्त ब्यालेस्टिक मिसाइल बारे अनुसन्धान भइरहेको इन्टेलिजेन्स विभागले जनाएको छ ।

Author Since: Dec 06, 2019

Related Post