जापान समाचार

जापानमा झुट्टो विवरण पेश गरी ऋण लिने दुई नेपाली प’क्राउ !

टोकियो , जापान

गलत नाता देखाएर जापानको भिसा दिलाएको घटनामा दुई नेपाली पक्राउ परेको घटना सेलाउन नपाउदै जापानमा अर्को घटनामा दुई नेपाली जापान प्रहरिको फन्दामा परेका छन ।

कोरोना भाइरसको कारणले आम्दानी घटेका घरपरिवारलाई जापान सरकारले दिंदै आएको बिना ब्याज ऋण प्रणालीको दुरुपयोग गरेको आरोपमा २ नेपालीहरु पक्राउ परेका छन् ।

कल्याणकारी कोषमा आधारित ऋण प्रणालीबाट फर्जी विवरण बुझाई ४ लाख येन लिएको विषयमा उनीहरु पक्राउमा परेका हुन । पक्राउ पर्नेहरुमा रेष्टुरेन्ट संचालक ३४ बर्षिय चुणामणि काफ्ले र अर्का एकजना रेस्टुरेन्टका कर्मचारी ४४ बर्षिय शिव प्रसाद रेग्मी रहेका छन् ।

ति दुई नेपालीहरुलाई आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको आरोप लगाइएको भएपनि उनीहरुले भने आफुहरु माथि लगाएको आरोपको अस्विकार गरेका छन् ।

आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको अनुसन्धानको क्रममा आरोपित उनीहरुले नक्कली कागजात तयार पारि जापान सरकारले साना तथा मझौला व्यवसायहरुलाई दिएको २० लाख येन अनुदान पनि लिएका हुन कि भन्ने शंकामा थप अनुसन्धान भइरहेको सान्केइ शिन्बुनको अनलाइन संस्करणमा खबर छ ।

उनीहरुले यही बर्षको जुन महिनामा आफ्नो आम्दानी घटेको भनि सिन्जुकु कु मा रहेको समाज कल्याण परिषदको कार्यालयबाट ऋण लिएका थिय।

Author Since: Dec 06, 2019

Related Post