कोरिया खबर

दक्षिण कोरियाले सामाजिक दुरी नियमलाई खुकुलो पार्दै

सोल

एकाएक समुह चरणमा कोरोना भाइरस संक्रमण फेला पर्न थालेपछि दक्षिण कोरिया सरकारले दुई साता अघि लगाएको कडा सामाजिक दुरीलाई केही हदसम्म खुकुलो बनाउने भएको छ ।

देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्न थालेको बताउदै सरकारले केही लचकता अपनाउने बताएको हो ।

दक्षिण कोरियाका बरिष्ठ स्वास्थ्य अधिकारी योन ताई होले कडा सामाजिक दुरीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव कसरि न्युनिकरण गर्ने भन्ने बारे सरकार गम्भिर रहेको बताउदै अब आर्थिक गतिविधि सञ्चालन गर्ने पद्दति बारे गृहकार्य भइरहेको बताएका छन् ।

सेप्टेम्बर ३० तारिखबाट चुसोक पर्व पर्ने र उक्त समयमा सरकारी बिदा समेत पर्ने भएका कारण सरकारले “ साना ब्यापारी बचाउ ” अभियान समेत चलाउन लागेको उनले बताएका छन् । सरकारले खुकुलो बनाउन लागेको नयाँ मोडालिटी अनुसार होटल तथा रेष्टुरेन्टमा सँगै बसेर खाना खान अनुमति दिइने छ ।

गेमीङ हाउसहरु समेत सञ्चालन गर्न दिइने छ । त्यस्ता स्थलमा जाँदा मास्क भने अनिवार्य गरिएको छ र सामाजिक दुरीलाई पनि अनिवार्य गरिएको छ ।

Author Since: Dec 06, 2019

Related Post