कोरियाबाटै नेपालका कस्ता क्षेत्रमा लगानी गर्न सकिएला ?
- by siddhartha@post
- 3 years ago
- 0 comments

खेम कार्की

कोरिया नेपालीहरुको लागि रोजगारको प्रमुख गन्तव्य मुलुक । १२ वर्ष अगाडि पहिलो पटक कोरियाको लागि पाईला चाल्दा धेरै सपनाहरु थिए ।
कोरियामा ईपिएस मार्फत ४ वर्ष १० महिनाको कार्यकाल र १० वर्ष भन्दा बढिको कोरियाको बसाईबाट धेरै कुरा सिक्ने मौंका पनि पाईयो ।
नेपालमा तराईको रौतहटबाट काठमाण्डौंमा एम.वि.एस.पढदै गर्दा कोरियाको सपना मनमा आएको थियो ।
नारायणी एफ.एम वीरगंजमा काम गर्दै थिए पछि परीक्षाको लागि काठमाण्डौं जाँदा त्यहीबाट कोरियन भाषा पढन शुरु गरेको थिएँ ।
कोरियामा गएपछिका मेरा अनुभवहरु शेयर गर्दै जाने छु । यसपटक विषेश गरी मुख्यतया हामीले कमाएको रकमलाई के गर्यौँ र के गर्न सक्छौं भन्ने विषयमामा केन्द्रीत गर्न खोजेको छु ।
कोरियामा काम गर्दा परिश्रम धेरै गर्नुपर्ने रहेछ । त्यहाँ गएपछि आफूले त्यो आम्दानीको पैसा के मा खर्च भन्ने मुख्य योजना हुनु जरुरी रहेछ ।
सुरुमा घरपरिवार र उपभोगमा आम्दानी खर्च गर्ने हाम्रो परिपाटीले रकम सदुपयोग हुन सकेन । खासगरी मेहेनत गरेको रकम निश्चित घरायसी खर्च बाहेक कुन क्षेत्रमा खर्च गर्ने त्यो रकमले भविष्यमा कसरी थप आय आर्जन गर्ने भन्ने पनि योजना जरुरी छ ।
हुनत विदेशमा हुने हामी धेरै जसोले घर घडेरीमै बढी खर्च गर्ने गर्छन जुन मैले पनि गरँे । तर घर घडेरीको खर्चले मात्र व्यक्तिगत र देशको लागि सही हँुदैन भनेर यस विचमा केही कम्पनीहरु खोल्ने र त्यसमार्फत काम गर्ने प्रयासहरु पनि गरियो ।
विशेष गरि अनलाईन पोर्टलहरु कम्पनीहरुको कार्य गरेपनि कोरियाको कम्पनीको व्यवस्थाले निरन्तरतामा भने समस्या नै भयो ।व्यवसायिक रुपमा पुरा सफल हुन नसकेपनि केही कम्पनीमा गरेका लगानी र त्यसको अनुभवले भने जीवनलाई अगाडि बढाउन धेरै सहयोग गर्यो ।
कोरियामा शुरुको अवस्थामा बैंक सँग कारोवार गर्ने, वैधानिक रुपमा रकम पठाउन झन्झटिलो थियो तर अहिले रेमिटयान्स कम्पनीको कारण सजिलो भएको छ ।कोरियाबाटै खाता खोलेर हामीले आफ्नो आम्दानी बैंकमा बचत गर्न सक्छौं ।
आम्दानी गरेको रकम बचत गर्नुु पहिलो खुडकिलो हो । यसपछि यो बचतको रकम समयमै सहि ठाँउमा लगानी गर्दै जानु पर्छ । कोरियामै बसेर नेपालका विभिन्न चलिरहेको कम्पनीमा लगानी गर्ने र मुख्य गरी शेयर मार्केट आईपियोमा लगानी गर्ने गर्दा जोखिम कम रहन्छ ।
यस बाहेक नेपालमा कम्पनीहरुको बारेमा राम्रो संग अध्ययन गरेर दोश्रो बजारमा पनि लगानी गर्न सकिन्छ ।शेयर मार्केट पछि अर्को क्षेत्र विमा पनि हो । विमालाई फोर्सफुल सेभिङ अर्थात अनिवार्य रुपमा गरिने बचतको रुपमा लिईन्छ ।
कोरियाका बसाईको १० वर्षे अवधिलाई मानेर विमा गर्ने हो भने यसले कोरिया काम गरेको अवस्थामा केही भैपरी भैहालेमा क्षतिपूर्ति हुने छ । विमा गरेको खण्डमा कोरियाबाट फर्केपछि सो फिर्ता आउने रकमबाट कुनै व्यापार व्यवसाय वा अरु ठाउँमा लगानी गर्न सकिन्छ ।
यस वाहेक कोरियामा बसेका बेलामा राम्रो ठाउँको घर घडेरीमा लगानी गर्न सकिने हुुन्छ जुन प्रायले गर्दै आएका पनि छन । तर मैले चाहि शेयर, विमा जस्ता फरक क्षेत्रलाई प्राथमिकता दिन खोजेको हो ।
यस वाहेक विभिन्न क्षेत्रमा साझेदारी किसिमबाट वाहिर बसेको बेलामा नै काम गर्न अध्ययन गर्ने र आउनासाथ व्यवसाय गर्ने पनि धेरै उदाहरण पनि छन । कोरियाका कमाईको बेला त्यहाँ रहेको नै बेला रमणीय पर्यटकीय स्थलहरु योजना बनाएर घुम्न सकिन्छ ।
कोरियाको प्रविधि र यसको पर्यटकीय स्थानहरु त्यहाँ छँदा नै घुम्न सहज पनि हुन्छ जुुन अवसर योजनाबद्ध ढंगले पुुरा गर्न सकिन्छ । विकासशिल मुलुकको यस्ता ठाउँहरु भ्रमण गर्दा पनि त्यहाँको बारेमा हामीले धेरै कुरा जान्ने अवसर पनि पाउँछौं जुन हाम्रो लागि उपयोगी बन्न सक्छ ।
आज भन्दा १२ वर्ष अगाडि असोज ६, २०६५ अर्थात सेप्टेम्बर २२ ,२००८ मा कोरिया गएको दिन आज पनि अाँखा वरपर घुमिरहेको छ । आफूले कति सोँचे जस्तो भयो कति सफल रहेन ती कुराहरुबाट केही सिक्ने र शेयर गर्ने प्रयास गरिरहेको छु ।